- संगालोखबर सम्वाददाता

बेलबारी । बेलबारी नगरपालिकाका कृषकहरुले लगाएका बालीमा देखिएका समस्याको समाधान गर्ने उदेश्यकाले नगरपालिकाले बाली शिविर सञ्चालन गरेको छ । बाली शिविरबाट चार सयभन्दा बढी कृषक लाभान्वित भएका छन् ।

Advertisement

कारोनाको महामारीबिच नगरपालिकाले वडा–वडामा गएर बाली शिविर सञ्चालन गरेको थियो । कृषि अनुसन्धान केन्द्र तरहराबाट प्राविधिकहरुको टोलि बोलाएर बाली परीक्षण गरिएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख बिनोद दाहालले जानकारी दिए ।

उनका अनुसार शिविरमा खाद्यान्न बाली, तरकारी, फलफुल लगायतमा लाग्ने रोग तथा किराहरुको पहिचान, रोकथाम, नियन्त्रण सम्बन्धि परामर्श गरिएको हो । बाली शिविर बेलबारीका १, २, ३, ४ र ५ नंम्बर वडामा सञ्चालन गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!