संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा आज ५७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९६, झापामा १७८, सुनसरीमा १०१, धनकुटामा २२, इलाममा १७, संखुवासभामा ८, उदयपुर र भोजपुरमा ४/४, पाँचथरमा ३, खोटाङ, ताप्लेजुङ र तेह्रथुममा १/१ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ६६ महिला र ८८ पुरुषसहित १५४ जनामा संक्रमण देखिएको छ । सुन्दरहरैंचामा ११, कटहरीमा ७, पथरीशनिश्चरेमा ६, कानेपोखरीमा ४, उर्लाबारीमा ३, बेलबारी, धनपालथान र जहदामा २/२, रंगेली, लेटाङ, मिक्लाजुङ, ग्रामथान , स्थानीय तह नखुलेका १/१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । त्यस्तै झापाको विर्तामोडमा ४२, भद्रपुरमा ३४, दमकमा ३२, कनकाईमा १४, मेचीनगरमा ११, अर्जुनधारा र कमल गाउँपालिकामा ९/९, स्थानीय तह नखुलेका ६, गौरादहमा ५, शिवसताक्षी र झापा गाउँपालिकामा ४/४, बुद्धशान्ति र कचनकवलमा ३/, हल्दिबारीमा २ जना संक्रमित भएका छन् ।

यता,सुनसरीको धरानमा ६०, इनरुवामा १८, इटहरीमा ९, बराहक्षेत्रमा ३, बर्जु, दुहवी र स्थानीय तह नखुलेका २–२, भोक्राहानरसिंह, गढी, हरिनगर, रामधुनी र कोशी गाउँपालिकामा १/१, धनकुटाको धनकुटा नगरपालिकामा १६, छथर र स्थानीय तह नखुलेका २/२, महालक्ष्मी र पाख्रिवासमा १/१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तैगरी इलामको इलाम नगरपालिकामा ९, रोङमा ५, देउमाईमा २, स्थानीय तह नखुलेको १, संखुवासभाको चैनपुरमा ४, धर्मदेवीमा ३, चिचिलामा १, उदयपुरको त्रियुगा र रौतामाईमा १/१ र स्थानीय तह नखुलेका २, भोजपुरको भोजपुर र पौवादुङ्मामा २/२, पाँचथरको मिक्लाजुङ, कुम्मायक, याङवरकमा १/१, खोटाङको जन्तेढुङ्गामा १, ताप्लेजुङको फुङलिङमा १, तेह्रथुमको म्याङलुङमा १ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको हो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३५ हजार १२९ पुगेको छ । जसमध्ये ३० हजार ९० जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ४ हजार ५११ पुगेको छ । प्रदेश १ मा आज १ हजार ३२१ जनाको पीसीआर परीक्षण गरिएको हो । परीक्षण गरिएका मध्ये २२५ महिला र ३५२ पुरुषको रिपोर्ट पाजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!