- संगालोखबर सम्वाददाता

धनकुटा । निर्वाचन भएको झण्डै एक महिनापछि नेपाल पत्रकार महासंघ धनकुटा शाखाको नयाँ नेतृत्वले सोमबारबाट कार्यभार सम्हालेको छ । पुरानो कार्यसमितिले पद हस्तान्तरण कार्यक्रम गरेर जिम्मेवारी सुम्पिएपछि नयाँ कार्य समितिले औपचारिक रुपमा कार्यभार सम्हालेको हो ।

Advertisement

गत चैत २५ गते पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्लाको एकै साथ निर्वाचन भएको थियो । केन्द्र र प्रदेशमा निर्वाचित नयाँ कार्य समितिले यसअघि नै कार्यभार सम्हालिसकेको छ । पत्रकार महासंघ धनकुटाको नयाँ कार्य समितिलाई भने विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर सोमबार पद हस्तान्तरण गरिएको निवर्तमान अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले बताए ।

देशभर चुनावी प्रकृयाबाट पत्रकार महासंघको नेतृत्व चुनिएको भएपनि धनकुटामा भने सर्वसम्मत नयाँ कार्य समिति चयन गरिएको हो । जिल्ला कार्य समितिको अध्यक्षमा नगेन्द्र राई, उपाध्यक्षमा विदुर खवास, देवकला कार्की, सचिवमा हरीबहादुर लम्लेज, सह सचिवमा इश्वर थापा, पूर्ण चौधरी र कोषाध्यक्षमा रबिन कटेल सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा अजयसन्तोषी राई, नरेन्द्र कस्चित, शर्मिला राई, विकास घिमिरे, विश्वराज श्रेष्ठ, मनिसा पोख्रेल, आषिश लिम्बु, आकृति राई, विजयशेखर श्रेष्ठ, नेमनारायण चौधरी र विसाल लम्जेल चयन भएका छन् । कार्यक्रममा अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ, निर्वाचन समितिका संयोजक ठगिन कुमार राई, सदस्य तिलबिक्रम चेम्जोङ लगायतले निर्वाचित पदाधिकारी तथा सदस्य, प्रदेश परिषद सदस्य र केन्द्रिय परिषद सदस्यहरुलाई प्रमाणपत्र, अबिर र खादा ओढाएर बधाईसहित सफल कार्यकालको शुभकामना दिए ।

सो अवसरमा पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता बराइली, प्रदेश उपाध्यक्ष हिमा चेम्जोङ, जिल्ला शाखाका पूर्व अध्यक्षहरु सञ्जयसन्तोषी राई, विजयसन्तोषी राई, खगेन्द्रप्रसाद घिमिरे, सल्लाहकार भेषराज कटेल, प्रेस चौतारीका अध्यक्ष सन्तोष रुचाल, फोनिजका अध्यक्ष सन्तबीर लामा, प्रेस युनियनका उपाध्यक्ष अजयसन्तोषी राई लगायलते विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामनासहित नयाँ कार्यसमितिलाई वधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

पत्रकारको कोरोना उपचार खर्च व्यहोर्ने महासंघको निर्णय
नेपाल पत्रकार महासंघ धनकुटामा आवद्ध पत्रकारहरुलाई कार्यक्षेत्रमा खटिने क्रममा कारोना संक्रमण भएमा उनीहरुको उपचार खर्च पत्रकार महासंघले ब्यहोर्ने भएको छ । पत्रकार महासंघ धनकुटा शाखाको नयाँ निर्वाचित कार्य समितिको सोमबार बसेको पहिलो बैठकले पत्रकारलाई संक्रमण भएमा उनीहरुको उपचारमा लाग्ने खर्च व्यहोर्ने निर्णय गरेको अध्यक्ष नगेन्द्र राईले जानकारी दिए ।

पत्रकार महासंघ धनकुटा शाखामा १ सय ५५ जना साधारण सदस्य छन् । सक्रिय पत्रकारिता गरिरहेकाहरु कार्यक्षेत्रमा खटिने क्रममा संक्रमित भएमा महासंघले खर्च व्यहोरेर उनीहरुको उपचारको व्यवस्था मिलाउँने भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!