
झापा । झापाको मेचीनगर नगरपालिका–१० मा रहेको कपास उद्योगमा आगलागी भएको छ । आगलागीबाट करिव १० लाख रुपैयाँ बराबरको क्षति भएको हो ।
बिहिवार साँझ साढे ६ बजे उद्योगको कपास पेल्ने मेशिनबाट आगो लाग्न शुरु भएको हो । आगलागीबाट मेशिन, कच्चा पदार्थ तथा अन्य सामानहरुसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।