- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा आज एकैदिन ६०७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २८२, झापामा १५१, सुनसरीमा १०१, उदयपुरमा ११, धनकुटामा ८, इलाममा ७, संखुवासभामा ६, खोटाङमा ३, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र भोजपुरमा १/१ र प्रदेश १ बाहिरका ३४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ९७ महिला र १२९ पुरुषसहित २२६ जनामा संक्रमण देखिएको छ । सुन्दरहरैंचामा २०, जहदामा ७, बुढीगंगा र उर्लाबारीमा ५/५, कटहरीमा ४, पथरीशनिश्चरे र बेलबारीमा ३/३, लेटाङ, रंगेली र सुनबर्षीमा २/२, धनपालथान, ग्रामथान र स्थानीय तह नखुलेका १/१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । त्यस्तै झापाको विर्तामोडमा ४०, दमकमा २८, भद्रपुरमा २४, अर्जुनधारा, मेचीनगर र गौरादहमा ११/११, कनकाईमा १०, कमल गाउँपालिकामा ६, शिवसताक्षी, बुद्धशान्ति, हल्दिबारी र बाह्रदशीमा २/२, गौरीगञ्ज र झापा गाउँपालिकामा १–१ जना संक्रमित थपिएका छन् ।

यता, सुनसरीको इटहरीमा ३७, धरानमा ३१, इनरुवामा १६, रामधुनी र बर्जुमा ४/४, दुहवी र गढीमा ३/३, बराहक्षेत्रमा २ र हरिनगरमा १, उदयपुरको त्रियुगामा ४, चौदण्डीगढीमा ३, उदयपुरगढी र बेलकामा २/२ जनामा संक्रमण् देखिएको छ । त्यस्तैगरी धनकुटाको धनकुटा नगरपालिकामा ५, छथर जोरपाटी, शहिदभूमी र साँगुरीगढीमा १/१, संखुवासभाको खाँदबारीमा ६, इलामको रोङमा ४, माई, इलाम र सन्दकपुरमा १/१, खोटाङको साकेलामा २, बराहपोखरीमा १, पाँचथरको फिदिममा १, ताप्लेजुङको फुङलिङमा १, तेह्रथुम र भोजपुरमा १/१, र प्रदेश १ बाहिरका ३४ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३३ हजार ९४१ पुगेको छ । जसमध्ये ३० हजार जना ७९ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ३ हजार ३५७ पुगेको छ । प्रदेश १ मा आज १ हजार ३३० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २७७ महिला र ३३० पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!