कोरोना भगाउँन खटिँदै धनकुटाका शाक्य
धनकुटा । दोस्रो चरणको कोरोना संक्रमण फैलन थालेपछि धनकुटाका रमेश कुमार शाक्यको दैनिकी फेरिएको छ । अन्य दिन घरायसी काममा व्यस्त हुँने धनकुटा–६ का शाक्य अहिले भीमनारायण चौकमा दिनभर खटिन्छन् । उनको ध्यान सडकमा हिड्ने पैदलयात्रीदेखि गाडीमा यात्रा गर्नेहरुले मास्क लगाएका छन्, कि छैनन भन्नेमा केन्द्रित हुन्छ ।
उनी मास्क नलगाउँनेको निगरानी मात्र गर्दैनन्, मास्क किनेर लगाउँन नसक्नेलाई निःशुल्क मास्क दिए...


























