धनकुटा नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने
धनकुटा । धनकुटा नगरपालिकाको कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने भएको छ । नगरपालिकाले आइतबार सूचना जारी गर्दै सोमबारदेखि एक हप्ताका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने जानकारी दिएको हो ।
धनकुटा नगरपालिकामा कार्यरत एक पुरुष कर्मचारीमा शनिवार कोरोना संक्रमण पुष्टि भएको हो । नगरपालिकाका अन्य कर्मचारीमासमेत कोरोनासँग मिल्दोजुल्दो...


























