संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

उदयपुर । उदयपुरमा दाजुको कुटाइबाट भाईको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–९ का ५० बर्षीय पुलकित चौधरीले कुटपिट गर्दा उनका भाई ३६ बर्षीय खुशिलाल चौधरीको मृत्यु भएको हो ।

सोमबार राती ८ बजे सामान्य बिषयमा दाजु–भाई वीच विवाद हुँदा पुलकितले खुशिलाललाई कुटपिट गरेका थिए । दाजुको कुटाइबाट घाइते भएका खुशिलाललाई उपचारका लागि जिल्ला अस्पताल गाईघाट हुँदै थप उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल लगिएको थियो । उपचारकै क्रममा बुधवार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार पुलकितलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!