- गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–७ राम्चेडाँडास्थित जंगलमा आज एक दम्पत्तिको शव फेला परेको छ । पाख्रीबास–६ तिल्केका २२ बर्षीय सुनिल थापा र उनकी श्रीमती २० बर्षीया सिर्जना गुरागाईको शव फेला परेको हो ।

Advertisement

सुनिलको शव झिंगटीको रुखमा झुण्डिएको अवस्थामा र सिर्जनाको शव भुँइमा लडिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले संगालोखबरलाई जानकारी दिए । सिर्जनाको माइतीघर पाख्रीबास–६ फलाटे हो । चार दिन अगाडि सुनिलले सिर्जनालाई माइतीबाट झगडा गर्दै जवरजस्ती लिएर हिडेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शव हेर्दा ३/४ दिन अघिको जस्तो देखिन्छ । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!