- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

इलाम । इलाममा छिमेकीको घर जाने क्रममा लड्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा माइ–जोगमाई गाउँपालिका–५ सोयाङकी ५४ बर्षीया ख्याम कुमारी लिम्बु छन् ।

उनी गएराती ८ बजे छिमेकीको घर जाने क्रममा बाटोमा चिप्लिदा २० मिटर तल झरेकी थिइन् । लडेर टाउकोमा चोट लाग्दा गंभीर घाइते भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको थियो ।

Advertisement

अस्पताल पुर्याएको केही बेरमै राती सवा १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!