
धनकुटा । धनकुटामा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्यावमा २२ जनाको पीसीआर परीक्षण गर्दा ६ महिला र ७ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो ।
कोरोना संक्रमण पुष्टि हुँनेमा धनकुटा नगरपालिका–४ का ३५ बर्षीय पुरुष, धनकुटा नगरपालिका–६ का ४५ बर्षीय पुरुष, ५४ बर्षीय पुरुष, २५ बर्षीय पुरुष, ५० बर्षीया महिला र ४० बर्षीया महिला छन् । त्यस्तै धनकुटा नगरपालिका–७ का ३५ बर्षीया दुुई महिला, ८३ बर्षीय पुरुष, १२ बर्षीया बालिका र ५० बर्षीया महिलामा संक्रमण देखिएको जिल्ला अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए ।
यता, धनकुटा बजारक्षेत्रमै कार्यरत दुई जना कर्मचारीमा पनि संक्रमण देखिएको छ । सुनसरीको इटहरी घर भई धनकुटामा कार्यरत ४१ बर्षीय पुरुष कर्मचारी र सप्तरी घर भएर धनकुटा बस्दै आएका ३८ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
योसँगै धनकुटा जिल्ला अस्पतालको ल्यावमा गरिएको पीसीआर परीक्षणका आधारमा दोस्रो चरणको कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६५ पुगेको छ । जसमध्ये आठ जना संक्रमित निको भइसकेका छन् ।