संगालोखबर सम्वाददाता

धनकुटा । नेकपा एमाले धनकुटाले कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि परिचालित हुन नेता कार्यकर्तालाई निर्देशन दिएको छ । एमाले जिल्ला अध्यक्ष राजेन्द्र राईले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै पार्टीपङ्ती, जनसंगठन र पार्टीसंम्बद्ध जनप्रतिनिधिहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

Advertisement

स्वयंसेवी भावनाका साथ खट्न साथै स्वास्थ्य मापदण्डको पालना गर्न गराउँन, यसको अनुगमन गर्न र संक्रमितहरुलाई आवश्यक सहयोग पुर्याउन अध्यक्ष राईले निर्देशन दिएका छन् । ‘यस कोभिड महामारीको सामना गर्न पार्टीपङ्ती, जनसंगठन र जनप्रतिनिधिहरुलाई स्वयंसेवी भावनाका साथ खट्न साथै स्वास्थ्य मापदण्डको पालना गर्न गराउन, यसको अनुगमन गर्न तथा संक्रमितहरुलाई आवश्यक सहयोग पुर्याउन आव्हान गरिन्छ,’ विज्ञप्तीमा भनिएको छ ।

सरकारको एक्लो प्रयास र प्रयत्नबाट मात्र कोरोनाको महामारी नियन्त्रण हुन नसक्ने भएकाले हरेक व्यक्तिले मास्क, सेनिटाइजरको प्रयोग, साबुन पानीले हात धुने, भीडभाडमा नजाने जस्ता कुरामा ध्यान दिन पनि एमालेले विज्ञप्तीमार्फत सबैलाई आग्रह गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!