अरुण तेस्रोको सुरुङभित्र ढुङ्गा खस्दा कामदारको मृत्यु
संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–३ पुखुवामा निर्माणाधिन अरुण तेस्रो जलबिद्युत आयोजनाको सुरुङभित्र ढुङ्गा खस्दा आज एक कामदारको मृत्यु भएको छ । आयोजनाको म्याट वान पावर हाउसको सुरुङभित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथीबाट ढुङगा (लुज) खस्दा शुक्लाफाँट नगरपालिका–१२ कन्चनपुरका ३७ बर्षीय कृष्ण रानाको मृत्यु भएको हो ।
बिहान साढे ८ बजे सुरुङभित्र काम गरिरहेको अवस्था ढुङगा खस्दा रानाको घटनास्थलम...


























