खोटाङमा भिरबाट टेम्पु खस्दा एक बालकको मृत्यु, ४ घाइते

खोटाङमा भिरबाट टेम्पु खस्दा एक बालकको मृत्यु, ४ घाइते

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका–५ घोर्लेस्थित तारेभिरमा टेम्पु दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । मंगलबार बिहान १० बजे घोर्लेबाट बिरामी बोकेर चिसापानी जाँदै गरेको लु. १ स. ०३५० नम्बरको टेम्पु तारेभिरबाट ५ सय मिटर तल खसेको हो । दुर्घटनामा परी सोही स्थानका १३ बर्षीय गोकुल परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी परियार गम्भीर घाइते भएका थिए । उप...
धनकुटाका थप चार जनामा कोरोना संक्रमण

धनकुटाका थप चार जनामा कोरोना संक्रमण

धनकुटा । धनकुटाका थप चार जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्यावमा २२ जनाको पीसीआर परीक्षण गर्दा धनकुटा नगरपालिकाका एक जना र महालक्ष्मी नगरपालिकाका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुँनेमा तीन महिला र एक पुरुष छन् । धनकुटा नगरपालिका २ की ३५ बर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, महालक्ष्मी नगरपालिकाका ४५ र २७ बर्षीया महिला तथा ३० बर्षीय प...
प्रदेश १ मा थपिए ९०४ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ९०४ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा आज ९०४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४३१, झापामा २१४, सुनसरीमा १८०, धनकुटा र उदयपुरमा १८/१८, इलाममा ४, पाँचथर र भोजपुरमा २/२, ताप्लेजुङ, संखुवासभा र खोटाङमा १/१ र प्रदेश १ बाहिरका ३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १४६ महिला र १६१ पुरुषसहित ३०७, लेटाङमा २७, सुन्दरहरैंचामा २१, बेलबारीमा २०, बुढीगंगामा १४, रतुवामाईमा ९,...
भोजपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

भोजपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

भोजपुर । भोजपुरमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा पौवादुम्मा गाउँपालिका–१ अरुणडाँडाका ३० बर्षीय निमा दावा शेर्पा छन् । बिहान साढे १० बजे बिजुलीको लाईन बिग्रिएकाले उनी साथीहरुससँग घर छेउमा रहेको ट्रान्समिटरमा चढ्न गएका थिए । भर्याङ लगाएर ट्रान्समिटरमा चड्ने क्रममा करेन्ट लागेर करिव २५ फिट माथिबाट खस्दा घटनास्थलमै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तिवारी भञ्ज्याङल...
ताप्लेजुङमा ढिस्कोले पुरिएर बालकको मृत्यु

ताप्लेजुङमा ढिस्कोले पुरिएर बालकको मृत्यु

सांकेतिक तस्बीर ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–७ बहानन्दे नजिकै माथिबाट अचानक झरेको ढिस्कोमा पुरिएर एक बालकको ज्यान गएको छ ।  बहानन्दे दोभान सडकखण्डमा सोमबार माथिबाट झरेको ढिस्कोमा पुरिएर मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका अन्दाजी १३ वर्षीय फुर्वा शेर्पाको ज्यान गएको हो । फुर्वा सोही स्थानमा सडक निर्माणका लागि ढुङ्गा ओसार्ने र गिट्टी कुट्ने काम गर्दै आएका आफ्ना बुबाआमासँगै गएका थिए...
धनकुटाको मुलघाटमा आधुनिक फर्नेस भट्टीमा जलाउँन थालियो लास

धनकुटाको मुलघाटमा आधुनिक फर्नेस भट्टीमा जलाउँन थालियो लास

धनकुटा । धनकुटा नगरपालिका–९ मुलघाटस्थित विश्रान्तिमा आधुनिक शवदाह भट्टी (फार्नेस) मा मृतकको लास जलाउँन थालिएको छ । यसअघि तमोर नदी किनारमा दाउराले लास जलाउँने गरिएको भएपनि अहिले डिजेल प्लान्टमा लास जलाउँन थालिएको हो । पहिलो पटक गत मंगलबार हिलेका एक व्यक्तिको लास सोही ल्यान्टमा जलाइएको छ । परीक्षण सफल भएकाले अब दाउराको सट्टा डिजेल प्लान्टमै शव जलाउँन थालिएको विश्रान्ति मन्दिर व्यवस्थापन समितिका म...
धनकुटामा करेन्ट लागेर बालकको मृत्यु

धनकुटामा करेन्ट लागेर बालकको मृत्यु

धनकुटा । धनकुटामा सोमबार साँझ करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । घरमै विद्युतको लाइनबाट करेन्ट लाग्दा धनकुटा नगरपालिका–५ वालमन्दिरका राजु श्रेष्ठका १० बर्षीय छोरा सन्जोक श्रेष्ठको मृत्यु भएको हो । साँझ करिब ६ः३० बजे विद्युतको लाइनबाट करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । घाइते बालकलाई तत्काल जिल्ला अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा राती करिब ८ बजे डाक्टरले उनलाई मृत घोषित गरेका हुन...
धनकुटाका कोरोना संक्रमित बृद्धको मृत्यु

धनकुटाका कोरोना संक्रमित बृद्धको मृत्यु

धरान । धनकुटाका कोरोना संक्रमित एक बृद्धको आज मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा छथर जोरपाटी गाउँपालिका–४ का ७७ बर्षीय कोरोना संक्रमित बृद्धको मृत्यु भएको हो । गत आइतबार प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका उनमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारकै क्रममा बिहान ११ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सह–प्रव...
धनकुटाका थप १५ जनामा कोरोना संक्रमण पुष्टि

धनकुटाका थप १५ जनामा कोरोना संक्रमण पुष्टि

धनकुटा । धनकुटाका थप १५ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्यावमा ३५ जनाको पीसीआर परीक्षण गर्दा १० पुरुष र ५ जना महिलाको रिपोर्ट पोजिटिभ आएको हो । संक्रमण पुष्टि हुँनेमा धनकुटा नगरपालिका–१ का ४६ र ५४ बर्षीय पुरुष, धनकुटा नगरपालिका–२ का ७८ बर्षीय, ७२ बर्षीय, ७८ बर्षीय, ४५ बर्षीय पुरुष र ६२ बर्षीया महिला छन् । त्यस्तै धनकुटा नगरपालिका–६ का ४१ बर्षीय पुरुष, ४५ बर्षीय पुरुष, ...
बेलबारीमा अक्सिजनसहितको आइसोलेशन सेन्टर निर्माण

बेलबारीमा अक्सिजनसहितको आइसोलेशन सेन्टर निर्माण

फायल तस्बीर विराटनगर । मोरङको बेलबारी नगरपालिकाले अक्सिजनसहित १५ बेडको आइसोलेशन तयार गरेको छ । बेलबारी–२ मा रहेको बागदेवि सामुदायिक बन उपभोक्ता समूहको भवनमा नगरपालिकाले आइसोलेशन तयार गरेको हो । नगरपालिकाले यस अघि पहिलो चरणको कोरोना संक्रमणका बेला पनि आइसोलेशन सञ्चालनमा ल्याएको थियो । नगरको पहिलो प्राथमिकता स्वास्थ्य रहेको र स्वस्थ्य भएर मात्र बाँकी कुरा सोच्न सक्ने भएकाले आइसोलेशन निर्माण गरिएको...
महालक्ष्मी नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

महालक्ष्मी नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको कार्यालयसहित सबै वडा कार्यालयबाट प्रवाह हुँने अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गरिने भएको छ । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि बैशाख २७ गतेदेखि जेठ २ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ । कोरोना भाइरस (कोभिड–१९) सम्बन्धि पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धि आवश्यक व्यवस्था गर्न गठित समन्वय समितिको ...
धनकुटाकी २४ बर्षीया कोरोना संक्रमित सुत्केरी महिलाको मृत्यु

धनकुटाकी २४ बर्षीया कोरोना संक्रमित सुत्केरी महिलाको मृत्यु

विराटनगर । धनकुटाकी २४ बर्षीया कोरोना संक्रमित सुत्केरी महिलाको उपचारका क्रममा आज मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा धनकुटा नगरपालिका–८ टेकुनालाकी कोरोना संक्रमित सुत्केरी महिलाको मृत्यु भएको हो । बैशाख २१ गते नोबेल अस्पताल भर्ना भएकी उनको उपचारका क्रममा दिउँसो २ः३० बजे मृत्यु भएको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले संगालोखबरलाई जानकारी दिए । ‘कोरोना संक्रम...
प्रदेश १ मा थपिए ७६० कोरोना संक्रमित

प्रदेश १ मा थपिए ७६० कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा आज ७६० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३७७, झापामा १२०, सुनसरीमा ७९, उदयपुरमा ४३, ताप्लेजुङमा ३६, तेह्रथुममा ३०, पाँचथरमा ६, इलाममा ४, भोजपुरमा ३, संखुवासभा र धनकुटामा २/२, र प्रदेश १ बाहिरका ५८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ११८ महिला र १५४ पुरुषसहित २७२, सुन्दरहरैंचामा ३६, उर्लाबारीमा १८, पथरीशनिश्चरेमा १०, कटहरीमा ९...
धनकुटामा निःशुल्क बाँढ्न थालियो मास्क

धनकुटामा निःशुल्क बाँढ्न थालियो मास्क

धनकुटा । कोरोना संक्रमण रोकथामका लागि धनकुटा बजारमा आइतवारदेखि निःशुल्क मास्क वितरण गर्न थालिएको छ । परिचयमोडस्थित सुभाष मेडिकल एण्ड डाइग्नोस्टीक सेन्टरसँगको सहकार्यमा पूर्व प्रहरी संस्थाले मास्क वितरण थालेको हो । मदनचौकमा डेस्क स्थापना गरेर निःशुल्क मास्क वितरण भइरहेको छ । आयोजक संस्थाका प्रतिनिधि र सुभाष मेडिकलका स्वास्थ्यकर्मीहरुले बजारमा हिड्नेहरुका हातमा सेनिटाइजर छर्किएर मास्क प्रदान गर्न...
झापाको बिएण्डसीमा कोरोना संक्रमितको उपचारका लागि २०० शय्या सञ्चालन

झापाको बिएण्डसीमा कोरोना संक्रमितको उपचारका लागि २०० शय्या सञ्चालन

झापा । झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न  आजदेखि २०० श्यया सञ्चालनमा ल्याएको छ । प्रदेश १, प्रदेश २ सहित देशका अन्य भागबाट ‘हवाई बेड लिफ्ट’ गरी कोभिडका सङ्क्रमितलाई धमाधम बिएण्डसी पुर्याउने क्रम जारी रहेपछि अस्पतालले श्यया थप गरेको हो । सङ्क्रमितलाई उपचार गर्न सो सङ्ख्यामा श्यया सञ्चालनमा आएको  अस्पतालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएक...
उदयपुरमा आगलागी हुँदा पाँच घर जलेर नष्ट

उदयपुरमा आगलागी हुँदा पाँच घर जलेर नष्ट

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–८ स्थित बिरेन्द्र बजारमा आज आगलागी हुँदा पाँच वटा घर जलेर नष्ट भएका छन् । आगलागीबाट भरत राई, बाल बिक्रम राई, शिशिर गुरुङ, कृष्ण मगर र पदम कुमारी मगरको घर नष्ट भएको प्रहरीले जनाएको छ । विद्युत सर्ट भएर भरत राईको घरबाट आगो सल्केको थियो । आगलागीबाट काठले बनेका र टिनको छाना भएका घरहरु जलेर नष्ट भएका हुन् । साथै पार्किङ गरेर राखेको ट्याक्टर र एउटा मोटरसाइकलसमेत...
ओखलढुंगामा छिमेकीबिच झगडा हुँदा एक जनाको मृत्यु

ओखलढुंगामा छिमेकीबिच झगडा हुँदा एक जनाको मृत्यु

ओखलढुंगा । ओखलढुंगामा छिमेकीबिच झगडा हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा खजिदेम्बा गाउँपालिका–१ आरुबोटका ६० बर्षीय महेस कुमार खड्का छन् । गएराती पौने ९ बजे खड्का र स्थानीय ५० बर्षीय प्रेम बहादुर सुनुवारबिच झगडा भएको थियो । मादक पदार्थ सेवन गरेका उनीहरुबिच कुटाकुट हुँदा सुनुवारको कुटाइबाट खड्काको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । सुनुवारले खड्काकै घरम...
धनकुटाको आँखिसल्लामा बनाइयो आइसोलेशन कक्ष

धनकुटाको आँखिसल्लामा बनाइयो आइसोलेशन कक्ष

धनकुटा । कोरोना संक्रमितको उपचारका लागि धनकुटाको आँखिसल्ला स्वास्थ्य चौकीमा आईसोलेशन कक्ष निर्माण गरिएको छ । कोरोना संक्रमितलाई राखेर उपचारको व्यवस्था मिलाउँन शहिदभूमि गाउँपालिकाले १६ वेडको आइसोलेशन कक्ष निर्माण गरेको हो । आइसोलेशन कक्षमा तीन वटा अक्सिजन सिलिण्डर पनि राखिएको छ । कोरोना संक्रमण पुष्टि भएर स्वासप्रश्वासमा समस्या भएकाहरुलाई राख्नका लागि आइसोलेशन कक्ष निर्माण गरिएको गाउँपालिका अध्य...
प्रदेश १ मा थपिए ५७८ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ५७८ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा आज ५७८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २११, झापामा १६८, सुनसरीमा ११९, सोलुखुम्वुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, संखुवासभा र ताप्लेजुङमा १/१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ८७ महिला र ९८ पुरुषसहित १८५ जनामा संक्रमण देखिएको छ । बेलबारीमा ८, सुन्दरहरैंचामा ७, बुढीगंगामा ५,...
बिर्तामोडमा निःशुल्क टेम्पो एम्बुलेन्स सेवा सुरु

बिर्तामोडमा निःशुल्क टेम्पो एम्बुलेन्स सेवा सुरु

झापा । झापाको विर्तामोड नगरपालिकाले निःशुल्क टेम्पो एम्बुलेन्स सेवा प्रारम्भ गरेको छ । कोरोना सङ्क्रमित र अन्य बिरामीहरुलाई टेम्पो एम्बुलेन्सले नगरका ठूला निजी अस्पतालहरुमा लैजान  सहयोग गर्छन् । यसका लागि चार वटा टेम्पो जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा तयारी अवस्थामा राखिएको छ । नगरपालिका क्षेत्रको कुनै पनि स्थानबाट बिरामीलाई नजिकको अस्पताल पुर्याउनु परेमा टेम्पो एम्बुलेन्सले तुरुन्त ...
तेह्रथुमकी २० बर्षीया कोरोना संक्रमित युवतीको मृत्यु

तेह्रथुमकी २० बर्षीया कोरोना संक्रमित युवतीको मृत्यु

विराटनगर । तेह्रथुमकी एक कोरोना संक्रमित युवतीको मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पञ्चकन्या–१ की २० बर्षीया कोरोना संक्रमित युवतीको आज मृत्यु भएको हो । उनमा गत आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएपछि प्रतिष्ठानको कोरोना अस्पतालमा उपचाररत उनको बिहान करिव ५ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता चुरामणी पोखरेलले जानकारी दिए । उनमा ...
इटहरीमा रुखले किच्दा एक जनाको मृत्यु

इटहरीमा रुखले किच्दा एक जनाको मृत्यु

विराटनगर । सुनसरीको इटहरीमा रुखले किच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा इटहरी–१७ टिकुलियाका ५५ बर्षीय लक्ष्मण चौधरी छन् । शुक्रबार दिउँसो साढे १२ बजे घर नजिकै गोरु चराउने क्रममा हावाहुरीका कारण कदमको रुख ढलेर चौधरीलाई किचेको थियो । रुखले किच्दा उनी गंम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्या...
विराटनगरका मेयरको गाडी कोरोना संक्रमित बोक्न एम्बुलेन्सका रुपमा प्रयोग गरिने

विराटनगरका मेयरको गाडी कोरोना संक्रमित बोक्न एम्बुलेन्सका रुपमा प्रयोग गरिने

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले प्रयोग गर्दै आएको गाडी एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिएका छन् । कोरोना संक्रमितहरुले बेलैमा एम्बुलेन्स प्राप्त गरेर अस्पताल जान नसकेको बेला स्वास्थ्य सम्बन्धी विषम परिस्थितिलाई ख्याल गर्दै आफूले प्रयोग गर्दै आएको महानगरको को १ झ ४९४ नम्बरको टोयटा फर्चुयनर गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिने मेयर पराजुलीले बताए । शुक्रबार प्रेस वि...
प्रदेश १ मा थपिए ७२५ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ७२५ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा आज ७२५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३५७, झापामा १४९, सुनसरीमा ११२, उदयपुरमा १५, धनकुटामा १४, संखुवासभामा १३, इलाममा ९, ताप्लेजुङमा ७, खोटाङमा ६, भोजपुर र तेह्रथुममा १/१ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १३२ महिला र १४३ पुरुषसहित २७५ जनामा संक्रमण देखिएको छ । सुन्दरहरैंचामा १५, उ...
धनकुटामा थपिए सात कोरोना संक्रमित, दुई बर्षीया बालिकामा पनि संक्रमण

धनकुटामा थपिए सात कोरोना संक्रमित, दुई बर्षीया बालिकामा पनि संक्रमण

धनकुटा । धनकुटाका थप ७ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्यावमा २२ जनाको पीसीआर परीक्षण गर्दा ५ जना महिला र २ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । संक्रमण पुष्टि हुँनेमा धनकुटा नगरपालिका–४ का ३१ बर्षीय पुरुष, २८ बर्षीया महिला र दुई बर्षीया बालिका छन् । त्यस्तै धनकुटा नगरपालिका–६ का ३४ बर्षीय पुरुष, २२ बर्षीया महिला र ५० बर्षीया महिलामा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल...
इलाममा रुखबाट लडेर एक जनाको मृत्यु

इलाममा रुखबाट लडेर एक जनाको मृत्यु

इलाम । इलाममा रुखबाट लड्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा इलाम नगरपालिका–५ ओख्रेका ३२ बर्षीय मिलन अधिकारी छन् । बिहान ९ बजे घर नजिकै रहेको खनिउको रुखमा चढेर घाँस झार्ने क्रममा उनी रुखबाट लडेका थिए । रुखबाट लड्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
ताप्लेजुङमा बैंक तथा वित्तीय संस्था बन्द

ताप्लेजुङमा बैंक तथा वित्तीय संस्था बन्द

ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा सञ्चालन हुँदै आएको बैंक तथा वित्तीय संस्थाहरु आजदेखि बन्द भएका छन् । जिल्लामा तीव्ररूपमा कोभिड–१९ सङ्क्रमण बढेपछि सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन थालिएको हो ।  फुङलिङ बजारमा यही वैशाख २० गतेदेखि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञाको समयमा पनि बैंक तथा वित्तीय संस्थाहरूका कार्यालयहरु सञ्चालन हुँदै आएपछि जिल्ला प्रशासन कार्यालयले आज...
टिकटक बनाउने क्रममा भीरबाट लड्दा धरानका युवकको मृत्यु

टिकटक बनाउने क्रममा भीरबाट लड्दा धरानका युवकको मृत्यु

उदयपुर । उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भीरमाथि टिकटक बनाउने क्रममा लड्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा धरान–५ का १८ बर्षीय सुभास परियार छन् । धरानबाट ओखलढुङगातर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो बिहान पौने १० बजे हर्देनी भीरमाथि सडकमा बिग्रिएको थियो । सोही सुमोमा सवार सुभास सुमोबाट ओर्लिएर भीरमा टिकटक बनाउँदै थिए । टिकटक बनाउने क्रममा भीरबाट लड्दा उनी गंभीर घाइते भएका थ...
विराटनगरबाट लागुऔषधसहित दुई जना पक्राउ

विराटनगरबाट लागुऔषधसहित दुई जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१६ बाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी–४ का २४ बर्षीय असिम बस्नेत र इटहरी–५ का ३२ बर्षीय कुमार विश्वकर्मा छन् । गएराती १० बजे भारतीय क्षेत्रबाट नेपालतर्फ आउँदै गरेको को २५ प २५५५ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्ने क्रममा स्कुटर चालक बस्नेत र स्कुटरको पछाडि सवार विश्वकर्मालाई लागुऔषधसहित पक्राउ गरिएको हो । उनीहरुको साथबाट लागुऔषध ड...
झापाको कपास उद्योगमा आगलागी हुँदा १० लाख बराबरको क्षति

झापाको कपास उद्योगमा आगलागी हुँदा १० लाख बराबरको क्षति

झापा । झापाको मेचीनगर नगरपालिका–१० मा रहेको कपास उद्योगमा आगलागी भएको छ । आगलागीबाट करिव १० लाख रुपैयाँ बराबरको क्षति भएको हो । बिहिवार साँझ साढे ६ बजे उद्योगको कपास पेल्ने मेशिनबाट आगो लाग्न शुरु भएको हो । आगलागीबाट मेशिन, कच्चा पदार्थ तथा अन्य सामानहरुसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।
पाख्रीबासमा ५४ करोडको औद्योगिक ग्राम बन्ने

पाख्रीबासमा ५४ करोडको औद्योगिक ग्राम बन्ने

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा ५४ करोड बराबरको औद्योगिक ग्राम निर्माण हुने भएको छ । पाख्रीबास नगरपालिकाको आयोजनामा बिहिबार एक कार्यक्रमकावीच प्रतिनिधि सभा सदस्य एवम् नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राईले औद्योगिक ग्रामको शिलान्यास गरेका छन् । सांसद राईकै पहलमा पाख्रीबास-७ राम्चेडाँडामा १ सय १७ रोपनी जग्गामा औद्योगिकग्राम निमार्ण गर्न लागिएकाे हो । कार्यक्रममा बोल्दै सांसद राईले ...
error: Content is protected !!