रासस

संखुवासभा । संखुवासभामा जबर्जस्ती करणी गरी फरार भएका प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । जबर्जस्ती करणी कसुरमा अदालतबाट दोषी ठहर भएका चैनपुर नगरपालिका–१० का ४३ वर्षीय गणेशबहादुर भनिने लेकबहादुर अधिकारीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

Advertisement

दश वर्षअघि १३ वर्षीय बालिकालाई जबर्जस्ती करणीको आरोपमा फरार अधिकारीलाई विशेष सुराकीका आधारमा सुनसरीको खनारबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगराज खतिवडाले बताए । अधिकारीले २०६८ माघ १२ गते १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार भएका थिए ।

फरार भएका अधिकारीलाई जिल्ला अदालत चैनपुरले १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको मुद्दामा २०७२ माघ १८ गते १२ वर्ष कैद सजाय तोकेको थियो । अधिकारीलाई आइतबार जिल्ला अदालत चैनपुर पेश गरी आइतबार नै कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!