संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा आज ७९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३३७, झापामा १७८, सुनसरीमा १४५, ताप्लेजुङमा ४९, संखुवासभामा १४, इलाममा ११, उदयपुरमा ८, तेह्रथुममा ५, धनकुटा र पाँचथरमा २/२, भोजपुरमा १ र प्रदेश १ बाहिर ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ११७ महिला र १६६ पुरुषसहित २८३ जनामा संक्रमण देखिएको छ । बुढीगंगामा १३, सुन्दरहरैंचामा ९, बेलबारीमा ७, रंगेलीमा ६, कटहरीमा ५, केराबारीमा ३, धनपालथान, रतुवामाई र पथरीशनिश्चरेमा २/२, मिक्लाजुङ, ग्रामथान, उर्लाबारी, सुनबर्षी र स्थानीय तह नखुलेका १/१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । त्यस्तै सुनसरीको धरानमा ५९, इटहरीमा ४३, देवानगञ्ज र दुहवीमा ९/९, बराहक्षेत्रमा ६, इनरुवा र कोशी गाउँपालिकामा ५/५, गढीमा ३, बर्जु र रामधुनीमा २/२, हरिनगर र भोक्राहानरसिंहमा १/१ जना संक्रमित थपिएका छन् ।

यता, झापाको दमकमा ५८, कमल गाउँपालिकामा २२, विर्तामोडमा २०, मेचीनगरमा १९, गौरीगञ्जमा १७, भद्रपुर र कनकाईमा १२/१२, शिवसताक्षीमा ६, बुद्धशान्ति र अर्जुनधारामा ४/४, गौरदहमा २, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १, ताप्लेजुङको फुङलिङमा ४९ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरी उदयपुरको त्रियुगामा ४, उदयपुरगढीमा २, कटारी र बेलकामा १–१, संखुवासभाको चैनपुरमा ७, खाँदबारीमा ५, मादी र स्थानीय तह नखुलेका १/१, इलाममा ८, चुलाचुलीमा २ र रोङमा १, तेह्रथुमको म्याङलुङमा ५, धनकुटाको छथर र शहिदभूमीमा १/१, पाँचथरको मिक्लाजुङ र फाल्गुनन्दमा १/१, भोजपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३५ हजार ९२० पुगेको छ । जसमध्ये ३० हजार ११३ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार २७० पुगेको छ । प्रदेश १ मा आज १ हजार ७५१ जनाको पीसीआर परीक्षण गरिएको हो । परीक्षण गरिएका मध्ये ३३० महिला र ४६१ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!