खोटाङ । खोटाङमा करेन्ट लागेर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा हलेसी तुवाचुङ नगरपालिका–५ का लोकेन्द्र राईका १० बर्षीय छोरा टिहाङ छन् ।
बिहान पौने ८ बजे घरबाट दिदीको घरतर्फ जाँदै गरेका बालकले बाटोमा रहेको बिजुलीको पोल छुँदा करेन्ट लागेको हो । करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।