संगालोखबर सम्वाददाता

इटहरी । इटहरी उपमहानगरले सर्जिकल मास्क पाँच रुपियाँभन्दा बढीमा नबेच्न निर्देशन दिएको छ । आज बिहान बजार अनुगमनका क्रममा दुईदेखि तीन रुपियाँमा खरिद गरिएको मास्क पाँच रुपियाँ भन्दा बढी मूल्यमा नबेच्न उपमहानगरले निर्देशन हो ।

Advertisement

जिल्ला प्रशासन कार्यालय, उपभोक्ता अधिकारकर्मी, प्रहरी र संचारकर्मीसहितको टोलीले अनुगमन गर्दा सर्जिकल मास्क १० रुपियाँमा बेच्ने गरेको पाइएको छ । अनुगमनका क्रममा खरिद मूल्यभन्दा पाँच गुणासम्म बढीमा मास्क बेच्ने गरेको पाइएको इटहरी उपमहानगर राजश्व प्रशासन शाखा प्रमुख नविन भट्टराईले जानकारी दिए ।

पाँच वटा औषधी पसलको अनुगमन गर्दा चार वटाले सर्जिकल माक्स खरिद गरेको विलसमेत देखाएनन् । ९० रुपियाँ खरिद मूल्य रहेको सेनिटाइजर १ सय ६५ रुपियाँमा बेचेको पाइएको छ । तत्काललाई बढी मुनाफा राखेर नबेच्न सचेत गराइएको र सर्जिकल माक्स पाँच रुपियाँभन्दा बढीमा नबेच्न निर्देशन दिइएको राजश्व प्रशासन शाखा प्रमुख भट्टराईले बताए । खरिद मूल्य र अधिकतम विक्री मूल्यको अन्तर धेरै पाइएकाले अब उद्योगमै पुगेरसमेत अनुगमन गरिने उनको भनाइ छ ।

आजै इटहरी उपमहानगरले हटिया लाइनका थोक सब्जि पसलहरुकोसमेत अनुगमन गरेको छ । अनुगमनका क्रममा हटिया लाइनका भाँडा पसलहरु पनि खुल्ला रहेको पाइएको हो । अनुगमन टोली पुगेपछि पसलेले हतार–हतार पसल बन्द गरेका थिए । इटहरी उपमहानगरले बजार अनुगमनलाई निरन्तरता दिइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!