संगालोखबर सम्वाददाता

विराटनगर । नेकपा एमालेको खनाल, नेपाल पक्षिय युवा संघ नेपाल विराटनगर महानगर कमिटीले आज विराटनगरमा रक्तदान कार्यक्रम आयोजना गरी ५३ प्रिन्ट रगत संकलन गरेको छ । रक्तसंचार केन्द्रमासमेत रगतको चरम अभाव भइरहेको समयमा युवा संघले रेडक्रसको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरी रगत संकलन गरेको हो ।

Advertisement

संकलित रगत नेपाल रेडक्रस सोसाइटीको रक्तसंचार केन्द्र विराटनगरलाई बिहिबार उपलब्ध गराइने युवा संंघ नेपाल महानगर कमिटीका अध्यक्ष शुरेन शाक्यले बताए । महामारीका कारण रक्तदान कार्यक्रम नहुदा बिरामीलाई आवश्यक पर्ने रगत पाउँन समेत कठिन भएको अवस्थामा थोरै भए पनि यसले सहजता थपिने अध्यक्ष शाक्यले बताए ।

नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको रक्तसंचार केन्द्र विराटनगरका प्राविधिक इन्चार्ज शिवनन्द यादवले केही दिनयताबाट केन्द्रमासमेत रगतको चरम अभावका कारण माग अनुसार रगत उपलब्ध गराउन नसकिरहेको अवस्थामा युवासंघले आयोजना गरी संकलित गरेको रगतले थोरबहुत भए पनि राहत मिल्ने बताए । उनले विभिन्न सामाजिक संघ सस्थालाई पनि रक्तदान कार्यक्रम आयोजना गर्न अपिलसमेत गरेका छन् । कोरोनाको डरका कारण पूर्व तयारीका रक्तदान कार्यक्रम स्थागित हुदा केन्द्रमा रगतको अभाव चुलिएको यादवको भनाई छ ।

विशेष गरी दुर्घटनामा पर्ने, रक्तश्राव भएका, प्रसुति, मुटु, क्यान्सर तथा मिर्गौला बिरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक अपरेशन गर्नुपर्ने बिरामीहरूका आफन्त रक्तसञ्चार केन्द्रमा आइरहन्छन् तर पर्याप्त रगत आपूर्ति गर्न नसकिएको प्राविधिक इन्चार्ज यादवले जानकारी दिए ।

केही महिना अघिसम्म पर्याप्त रक्त संकलन गरेपनि विगत तीन साता यतादेखि कुनै क्याम्प आयोजना नभएकोले त्यहाँ पनि अहिले रगतको स्टक समस्यामा परेको उनले बताए । रगतको माग भइरहेकोले रक्तदाता, संघ, संस्था र रेडक्रसका निकायहरूले सानो समूहमा भएपनि स्थानीय पालिका र प्रशासनको सहयोगमा रक्तदानको कार्यक्रम आयोजना गर्न गराउन गर्न सके रगत आपूर्ति सहज हुने प्राविधिक इन्चार्ज यादवको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!