- संगालोखबर सम्वाददाता

झापा । झापाको मेचीनगर–१५ मिलकोटीस्थित वायु ग्यास कोइला फ्याक्ट्रीमा आज आगलागी भएको छ । विद्युत सर्ट भएर बिहान ३ बजेदेखि फ्याक्ट्रीमा आगलागी भएको प्रहरीले जनाएको छ ।

Advertisement

आगो नियन्त्रणका लागि मेचीनगर, दमक, भद्रपुर नगरपालिका, कमल गाउँपालिका, बिर्तामोड र उर्लाबारीबाट दमकल ल्याइएको छ । त्यस्तै आगो नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय धुलाबारी, प्रहरी चौकी ज्यामिरगढी, सशस्त्र प्रहरीको टोली र स्थानीयवासीसमेत खटिएका छन् । आगलागीबाट कारखानामा पूर्ण रुपमा क्षति पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!