संगालोखबर सम्वाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३६८ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार १०२ जनाको पीसीआर परीक्षण गर्दा १९९ महिला र १६९ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । मोरङमा ११८, सुनसरीमा ११७, झापामा १०५, धनकुटामा १०, इलाममा ६, उदयपुरमा २, पाँचथर, संखुवासभा र भोजपुरमा १/१, प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ४७, बेलबारीमा २२, लेटाङमा १२, पथरीशनिश्चरेमा १०, सुन्दरहरैचामा ८, उर्लाबारीमा ५, ग्रामथान, बुढीगंगा, कटहरी, मिक्लाजुङ र स्थानीय तह नखुलेका २/२, सुनबर्षी, रंगेली, कानेपोखरी र जहदामा १/१, सुनसरीको इटहरीमा ६४, धरानमा ४०, दुहवी र रामधुनीमा ३/३, बराहक्षेत्रमा २, भोक्राहानरसिंहमा १ र स्थानीय तह नखुलेको ४ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै झापाको दमकमा ६६, भद्रपुरमा १३, मेचीनगरमा ९, कमल गाउँपालिकामा ५, विर्तामोड, बाह्रदशी, शिवसताक्षी र झापा गाउँपालिकामा २/२, अर्जुनधारा, कनकाई, हल्दिबारी र गौरादहमा १/१, धनकुटाको धनकुटा नगरपालिकामा ६, छथर जोरपाटी, साँगुरीगढी, पाख्रीवास र स्थानीय तह नखुलेका १/१ जना संक्रमित भएका छन् ।

यता, इलामको इलाम नगरपालिकामा ४, चुलाचुली र स्थानीय तह नखुलेका १/१, उदयपुरको त्रियुगामा २, पाँचथरमा १, संखुवासभाको चैनपुरमा १ र भोजपुरको भोजपुर नगरपालिकामा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७१ हजार ६६९ पुगेको छ । यसैबीच आज ७१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३२४ महिला र ३९३ पुरुष छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार १८८ पुगेको छ भने सक्रिय संक्रमित ७ हजार २५६ छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!