संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा आठपहरिया जातिको संस्कृति पर्यटन प्रवर्द्धन संग्रहालय भवन निर्माण थालिएको छ । मूख्य गरी धनकुटामा मात्र बसोबास गर्दै आएका आठपहरियाहरुको संस्कृति पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले विहिवारे हटिया क्षेत्रमा संग्रहालय भवन निर्माण थालिएको हो ।

Advertisement

संघीय सरकारको ५० लाख बजेटमा निर्माण गर्न लागिएको संग्रहालय भवनको आइतवार निवर्तमान प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले शिलान्यास गरेका छन् । भवन शिलान्यास गर्दै राईले आठपहरिया समुदायको संस्कार, संस्कृतिलाई पर्यटकिय रुपमा विकास तथा प्रवर्द्धन गर्न आवश्यक रहेकोले संग्रहालय निमार्ण थालिएको भन्दै संग्रहालय बनेपछि आठपहरिया समुदायको विकास तथा प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

नेकपा एमाले धनकुटाका अध्यक्षसमेत रहेका राईले चार वर्षको अबधिमा धनकुटाको विकास तथा समृद्धिका लागि विभिन्न राष्ट्रिय गौरवका ५ वटा योजनासहित सडक, पर्यटन, कृषि लगायत क्षेत्रमा तीब्र रुपमा काम भइरहेको दावी गरे । अनावश्यक हल्लाको पछि नलाग्न आग्रह गर्दै उनले जनताका लागि काम गर्ने पार्टी नेकपा एमाले मात्र रहेको दावीसमेत गरेका छन् ।

कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले निर्वाचनका बेला गरेको बाचा अनरुप धनकुटामा आठपहारिया जातिको घर फुसको छानो मुक्त बनाउने र संग्रहालय निमार्ण गर्ने काम चाडै पुरा हुँने बताए ।

सो अवसरमा धनकुटा–४ का वडाध्यक्ष जम्शेर राई, आठपहरिया समाजका जिल्ला अध्यक्ष अष्ट बहादुर आठपहरिया, नेकपा एमालेका धनकुटा नगर इन्चार्ज नरेन्द्र पोखरेल, पत्रकार माहासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई लगायतले धनकुटामा उद्गम स्थल रहेका आठपहरिया समुदायको उत्थान, विकास र समृद्धिका लागि तीनै तहका सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

धनकुटा नगर विकास समितिले उपलब्ध गराएको तीन रोपनी जग्गामा संग्रहालय निर्माण थालिएको हो । संग्रहालय निर्माणका लागि संघीय सरकारले तत्कालका लागि ५० लाख बजेट उपलब्ध गराएको आठपहरिया समुदायका अगुवा अर्जुन छाराहाङले जनाएका छन् । उनका अनुसार संघीय सरकारबाट क्रमागत रुपमा बजेटको व्यवस्था गरी यो योजनालाई रातो कितावमा पनि समेटिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!