सुनसरी । सुनसरीको धरानबाट प्रतिबन्धित औषधीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको अग्नीसर कृष्णसरवन–४ घर भई धरान–११ नगरकोटमा डेरा गरी बस्ने २० बर्षीय सत्यम दास छन् ।

Advertisement

बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले दासलाई पक्राउ गरेको हो । उनको कोठामा लुकाइ राखेको अवस्थामा प्रहरीले प्रतिबन्धित औषधी सेटाडोल–५० ३९० क्याप्सुल र स्पास्पेन ३९० क्याप्सुल फेला पारेको हो ।

पक्राउ परेका दासको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!