संगालोखबर सम्वाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३३९ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ४८ जनाको पीसीआर परीक्षण गर्दा १५४ महिला र १८५ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । मोरङमा ११२, सुनसरीमा ९७, झापामा ८१, उदयपुरमा १०, संखुवासभामा ८, इलाममा ६, भोजपुरमा ३, धनकुटामा २, ताप्लेजुङ, खोटाङ र तेह्रथुममा १/१ र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालका मोरङको विराटनगरमा ३९, सुन्दरहरैंचामा ३६, उर्लाबारीमा ८, बेलबारीमा ७, बुढीगंगामा ६, केराबारीमा ४, सुनबर्षीमा ३, मिक्लाजुङ, कानेपोखरी, पथरीशनिश्चरे र ग्रामथानमा २/२, रतुवामाईमा १, सुनसरीको इटहरीमा ४६, बराहक्षेत्रमा २९, रामधुनीमा ६, दुहवीमा ४, धरान र इनरुवामा ३/३, देवानगञ्ज र हरिनगरमा २/२, बर्जु र भोक्राहानरसिंहमा १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै झापाको विर्तामोडमा १९, अर्जुनधारामा १७, दमकमा १६, कनकाई र शिवसताक्षीमा ७/७, बाह्रदशीमा ४, मेचीनगर र कमल गाउँपालिकामा ३/३, गौरीगञ्ज र गौरादहमा २/२, स्थानीय तह नखुलेका १ जना संक्रमित भएका छन् ।

यता, उदयपुरको त्रियुगामा ५, चौदण्डीगढीमा ४ र बेलकामा १, संखुवासभाको चैनपुरमा ६, खाँदबारी र सभापोखरीमा १/१, इलामको चुलाचुलीमा २, इलाम नगरपालिका, माई, माईजोगमाई र मांसेबुङमा १/१, भोजपुरको भोजपुर नगरपालिकामा ३, धनकुटाको धनकुटा नगरपालिका र पाख्रीवासमा १/१, ताप्लेजुङको सिदिङ्वा, खोटाङ र तेह्रथुमको म्याङलुङमा १/१ र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७० हजार ५३० पुगेको छ । यसैबीच आज ९३७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४५३ महिला र ४८४ पुरुष छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६१ हजार ३०६ पुगेको छ भने ८ हजार ३७ सक्रिय संक्रमित छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!