संगालोखबर सम्वाददाता

झापा । झापाको दमकबाट लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरादह–५ वालुवथानका २६ बर्षीय विवेक लिम्वु, २२ बर्षीय शौरभ राई, ईलामको चुलाचुली–४ घर भई दमक–५ बस्ने ३१ बर्षीय बिक्रम राई र ३७ बर्षीय जेम्स भनिने खगेन्द्र सावा छन् ।

Advertisement

सोमबार दिउँसो ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले दमक–६ थानारोडमा चेकजाँच गर्ने क्रममा विवेक र शौरभलाई २ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो । थप अनुसन्धान गर्ने क्रममा उनीहरुले किनेर ल्याएको स्थान खुलेपछि बिक्रम र खगेन्द्र सावालाईसमेत प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको कोठाबाट पाँच लाख चौध हजार तीन सय रुपैयाँ नगद बरामद भएको छ । बिक्रम र खगेन्द्रलाई सोधपुछ गर्दा ईलामस्थित घरमा लागुऔषध लुकाई राखेको खुलेकाले प्रहरीले उनीहरुको घर गई खानतलासी गर्दा बिक्रमको कोठाबाट ५ ग्राम लागुऔषध र खगेन्द्रको कोठाबाट २ ग्राम ३०० मिलिग्राम ब्राउनसुगर फेला पारेको हो ।

पक्राउ परेका चारै जनाका विषयमा ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!