संगालोखबर सम्बाददाता

भोजपुर । भोजपुरमा घरको आँगनमा राखेको मोटरसाइकल आगजनि गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–९ का ३३ बर्षीय लाक्पा शेर्पा र भोजपुर–१० धापखर्कका ३० बर्षीय पासाङ शेर्पा छन् ।

Advertisement

भोजपुर–९ स्थित पानीटंकीका २५ बर्षीय सञ्जु तामाङको वा ८४ प ५२१४ नंम्बरको मोटरसाइकल आँगनमा राखेको अवस्थामा बिहिबार बिहान करिव ४ बजे आगजनि भएको थियो ।

उक्त मोटरसाइकल आगजनि गरी फरार भएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी निरीक्षक जीवन कुँवरसहितको टोलीले फरार रहेकाहरुको खोजी गरिरहेको थियो । खोजीकै क्रममा घटनास्थल नजिकै लुकेर बसिरहेको अवस्थामा लाक्पा र पासाङलाई पक्राउ गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!