संगालोखबर सम्वाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा २७१ जना कोरोना संक्रमित थपिएका छन् । ५७५ जनाको पीसीआर परीक्षण गर्दा ११४ महिला र १५७ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । सुनसरीमा १३५, मोरङमा ६२, झापामा ३४, उदयपुरमा १६, धनकुटामा ८, तेह्रथुममा ४, इलाम र संखुवासभामा ३/३, पाँचथरमा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार सुनसरीको धरानमा ७२, बराहक्षेत्रमा २७, इटहरीमा २५, रामधुनीमा ४, दुहवीमा ३, बर्जु र गढीमा १/१ र स्थानीय तह नखुलेका २, मोरङको विराटनगरमा ४०, केराबारीमा ६, बुढीगंगामा ५, पथरीशनिश्चरेमा ४, बेलबारीमा २, कटहरी, ग्रामथान, उर्लाबारी, मिक्लाजुङ र लेटाङमा १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै झापाको दमकमा १७, भद्रपुर र मेचीनगरमा ५/५, कमल गाउँपालिकामा ४, विर्तामोडमा २, शिवसताक्षीमा १ र उदयपुरको त्रियुगामा १६ जना संक्रमित थपिएका छन् ।

यता, धनकुटाको धनकुटा नगरपालिकामा ६ र स्थानीय तह नखुलेका २, तेह्रथुमको लालीगुराँसमा ३ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिकामा ३, संखुवासभाको चैनपुरमा १ र स्थानीय तह नखुलेका २, पाँचथरमा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७२ हजार ७२६ पुगेको छ । यसैबीच आज ५८० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २६४ महिला र ३१६ जना पुरुष छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६४ हजार ७४३ पुगेको छ भने ६ हजार ७२२ सक्रिय संक्रमित छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!