संगालोखबर सम्वाददाता
सांकेतिक तस्बीर

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ नमुनाभञ्ज्याङ घर भत्किदा एक बालकको मृत्यु भएको छ । दुई जना घाइते छन् । स्थानीय मन कुमार सार्कीको खाली रहेको पुरानो घर भत्किदा घरभित्र खेलिरहेका एक बालकको मृत्यु भएको हो ।

अविरल बर्षाका कारण घर भत्किदा घरले पुरेर स्थानीय १४ बर्षीय राजकुमार सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । १० बर्षीय मिलन सार्की र लुने सार्की घाइते भएका छन् । सामान्य उपचारपछि उनीहरुलाई घर ल्याइएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!