संगालोखबर सम्वाददाता
फाइल तस्वीर

उदयपुर । उदयपुरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हँनेमा बेलका नगरपालिका–२ रामनगरका ४० बर्षीय कमल यादव छन् ।

गएराती जंगली हात्ती रामनगर वस्तिमा पसेको थियो । बस्तिमा पसेको हात्ती धपाउने क्रममा यादवलाई हात्तीले आक्रमण गर्दा घटनास्थलमै उनको मृत्यु भएको हो ।

Advertisement

घटनाको जानकारी पाएपछि प्रहरी चौकी भागलपुरबाट सहायक प्रहरी निरीक्षकको टोली र ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी निरीक्षकसहितको टोली घटनास्थल गएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!