संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ नङ्खुटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान हायसले पिकअप र मोटरसाइकल ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् ।

Advertisement

आज बिहान पौने ८ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ३ ख ७२२४ नम्बरको हायसले बिपरित दिशाबाट आउदै गरेको स ६ प ४६६१ नम्बरको मोटरसाइकल र को १ च ९३६८ नम्बरको पिकअपलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरीको डाक्नेश्वरी–५ का २८ बर्षीय उदय साह, मोटरसाइकल पछाडि सवार मोरङको विराटनगर–९ का ४५ बर्षीय राम प्रसाद साह र पिकअप चालक विराटनगर–७ का ४० बर्षीय अक्षय कुमार गुप्ता गंभीर घाइते भएका थिए । जिल्ला अस्पताल ईनरुवामा उपचारका क्रममा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

त्यस्तै दुर्घटनामा हायस चालक नुवाकोटको बिदुर नगरपालिका–१३ का ३५ बर्षीय विवस तामाङ र सहचालक बिदुर–११ का २५ बर्षीय नारायण बत्सयाल घाइते भएका छन् । बिराट नर्सिङ होममा उनीहरुको उपचार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!