इलाम । इलाममा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । माङसेबुङ गाँउपालिका–५ का ४२ बर्षीय प्रविन राईको करेन्ट लागेर मृत्यु भएको हो ।
शनिबार साँझ ७ बजे राईले माई नगरपालिका–४ स्थित मानिस नबसेको घरबाट विद्युतको तार जोडेर गङटेखोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा उनी गम्भिर घाइते भएका थिए । उपचारका लागि लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।