संगालोखबर सम्वाददाता

मोरङ । मोरङको बेलबारी नगरपालिकाले कृषी पकेट क्षेत्रका किसानहरुलाई कृषि सामाग्री प्रदान गरेको छ । पकेट विकास कार्यक्रम (प्रधानमन्त्री कृषि आधुनकीकरण परियोजना) अन्तर्गत ५० प्रतिशत अनुदानमा सामाग्री प्रदान गरिएको हो ।

Advertisement

सो कार्यक्रम अन्तरगत वडा नम्बर ५ मा धान बाली पकेट क्षेत्र ८ नम्बर वडामा तरकारी र ११ नम्बर वडामा बंगुर पकेट क्षेत्रका रुपमा विकास भइरहेको कृषि बिकास शाखाका प्रमुख बिनोद दाहालले बताए । उनका अनुसार धान र तरकारी खेतीका लागि ३०/३० बिगाहा जमिन छुट्याइएको छ ।

बंगुर पकेट क्षेत्रमा १ सय वटा बंगुरका माउसमेत वितरण गरिसकेको नगरपालिकाले जनाएको छ । धान पकेट क्षेत्रमा आवश्यक पर्ने सिँचाइका लागि बोरिङ, कुटो कोदालो, विउ, किट्नासक औषधी, स्प्रेमेसिन, मल, धान काट्ने मेसिन, धान सुकाउनका लागि त्रिपाल, बोरा, जोख्नका लागि तराजु लगायतका सामागी्र नगरपालिकाले पकेट क्षेत्रका किसानलाई वितरण गरेको छ ।

यस्तै तरकारी टिप्नका लागि क्यारेट, मल, विउ, किट्नाशक औषधी, ठेलागाढी लगायतका सामाग्री तरकारी पकेट क्षेत्रका किसानलाई वितरण गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । उनका अनुसार बंगुर पकेट क्षेत्रका लागि १ सय वटा बंगुरका माउ वितरण गरिएको छ भने ५० वटा पुराना खोरलाई मर्मत गरी आधुनिक बनाउनुका साथै बंगुरको खोरबाट निस्कने फोहोरको व्यवस्थापन गर्नका लागि पानी तथा पाइपको समेत व्यवस्था गरिएको छ ।

पकेट क्षेत्रलाई जोनका रुपमा विकास गरेर लैजाने नगर प्रमुख सुवेदीको भनाई छ । नगरपालिकाले एक वडा एक उत्पादनको नीति लिएर कृषिलाई पहिलो प्राथमिकतामा राखेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!