संगालोखबर सम्बाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३१२ जना कोरोना संक्रमित थपिएका छन् । ८०३ जनाको पीसीआर परीक्षण गर्दा ११८ महिला र १९४ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । मोरङमा १३०, झापामा ९३, सुनसरीमा ५१, ताप्लेजुङमा ९, उदयपुरमा ५, पाँचथरमा ३, संखुवासभामा २, तेह्रथुम, इलाम, धनकुटामा १/१ र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार मोरङको सुन्दरहरैंचामा ५४, विराटनगरमा ४३, लेटाङमा ९, बेलबारीमा ७, बुढीगंगामा ४, पथरीशनिश्चरे , रतुवामाई र उर्लाबारीमा ३/३, ग्रामथानमा २, मिक्लाजुङ र सुनबर्षीमा १/१, झापाको दमकमा २९, विर्तामोडमा १९, अर्जुनधारामा १६, कनकाईमा ८, मेचीनगरमा ५, कमल गाउँपालिका, गौरादह र शिवसताक्षीमा ३/३, झापा गाउँपालिका र बाह्रदशीमा २/२, भद्रपुर, गौरीगञ्ज र बुद्धशान्तिमा १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै सुनसरीको इटहरीमा ३२, धरानमा ६, रामधुनीमा ४, दुहवी र इनरुवामा ३/३, बराहक्षेत्रमा २, भोक्राहा नरसिंहमा १, ताप्लेजुङको मिक्वाखोलामा ६, आठराई त्रिवेणी, फक्ताङलुङ र मेरिङदेनमा १/१ जना संक्रमित भएका छन् ।

यता, उदयपुरको त्रियुगा, ताप्ली, चौदण्डीगढी, कटारी र स्थानीय तह नखुलेका १/१, पाँचथरको फालेलुङमा ३, संखुवासभाको धर्मदेवी र खाँदबारीमा १/१, तेह्रथुमको म्याङलुङमा १, इलामको मांसेबुङमा १, धनकुटाको महालक्ष्मीमा १ र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७३ हजार ३८ पुगेको छ । यसैबीच आज ७९२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुँनेमा ३५२ महिला र ४४० पुरुष छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६५ हजार ५३५ पुगेको छ भने। सक्रिय संक्रमित ६ हजार २२८ छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!