संगालोखबर सम्वाददाता

धनकुटा । पाख्रीवास नगरपालिकाको नगरसभामा भएको हुलदंगा र तोडफोड घटनाको विषयमा सत्ता पक्षको दवावका कारण प्रहरीले आफ्ना कार्यकर्तालाई मुद्दा दर्ता गरेर धरपकड गर्न खोजेको भन्दै विपक्षी गठबन्धनले बुधबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव समूह र जनता समाजवादी पार्टी सम्बद्ध नेता कार्यकर्ताले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएर आफ्ना कार्यकर्तालाई पक्राउ नगर्न दवाव दिएका हुन् ।

Advertisement

नेकपा एमालेको ओली पक्ष निकट मेयर बृषबहादुर राईले सत्ताको आडमा प्रहरी प्रशासनलाई दवाव दिएर काँग्रेस, माओवादी, एमाले माधव समूह र जसपाका नेता कार्यकर्तालाई फसाउँन खोजेको बिपक्षी गठबन्धनको आरोप छ । मुद्दा दर्तापछि आफ्ना नेता कार्यकर्तालाई प्रहरीले धरपकट गर्न खोजेको भन्दै उनीहरु बचाउँमा उत्रिएका हुन् । मुद्दा खारेज हुनुपर्ने र प्रहरीले धरपकड गर्न नहुँने उनीहरुको माग छ । सोही बिषयमा दवाव दिन जिल्ला प्रशासन कार्यालय पुगेका दलका नेता कार्यकर्ताले प्रशासन कार्यालय परिषरमा दिउँसो करिब आधा घण्टा धर्ना दिएका हुन् ।

धर्नापछि नेपाली काँग्रेसका जिल्ला सभापती अग्नीप्रसाद पौडेल, सचिव बिजय सन्तोषी राई, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक ऋषिराम ढुंगाना, नेकपा एमाले माधव समूहका अध्यक्ष अर्जुन राई, जसपाका जिल्ला सहसचिव डम्वर पौडेल लगायत नेताहरुले निमित्त प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठलाई भेटेर प्रहरीको धरपकड र आतंक बन्द गर्नुपर्ने माग राखेका छन् ।
सोही अवसरमा आयोजित कोणसभामा बोल्दै नेताहरुले प्रहरीले धरपकट गरे त्यसको प्रतिरोधमा उत्रने चेतावनीसमेत दिएका छन् । असार १० गते आयोजित पाख्रीवास नगरपालिकाको आठौं नगरसभामा राजनीतिक पूर्वाग्रहका आधारमा बजेट सिलिङ्ग तोकिएको भन्दै काँग्रेस, माओवादी, एमाले माधव समूह र जसपाका नेता कार्यकर्ताले हुलदंगा र तोडफोड गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!