संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाको वडा नम्बर ६ का ३ वटा कृषक समूहलाई ८ लाख बराबरको बिउ विजन तथा सिँचाइका लागि टंकी तथा पाईप वितरण गरिएको छ । वडा नं ६ का वडाध्यक्ष हेम कुमार राईले एक कार्यक्रका बिच गाउँपालिकाको अर्थिक वर्ष २०७७/७८ को तरकारी बाली पकेट कार्यक्रम कृषि समूहलाई बिउ विजन तथा सिँचाइका लागि पाईप वितरण गरेका हुन् ।

Advertisement

वडा नंम्बर ३ का संयुक्त कृषि तथा पशुपन्छी कृषक समूहलाई हिल टंकी ५ सय लिटर र २ सय लिटरका २४ ओटा, १९ घरलाई सिँचाईका लागि पाईप २० एमएम, ४ घरलाई ४ टनेल, ४८ घरलाई दुई/दुई टमाटरको विउ, ४८ घरलाई ढुषीनाशक विषदी र ४ घरलाई उन्नत जातको बोडीको विउ गरी ३ लाख बराबरको सामाग्री वितरण गरिएको वडाले जनाएको छ ।

सोही वडाको सचेतना कृषक स्वालम्बी समूहका ९४ घरलाई ३१ सय एवोकार्डोको विरुवा, ९४ घरलाई २ सय लिटरको हिल टंकी, १५ घरलाई २० एमएमको पाईप र एक जनालाई २ हजार लिटरको हिल टंकी गरी २ लाख ५० हजारका बराबरको सामाग्री दिइएको छ ।

त्यस्तै भालुपानी कृषी तथा पशुपंछी कृषक समुहका १९ घरललाई एवोकार्डोको विरुवा, ९ घरलाई १ हजार लिटरको टंकी, १० घरलाई २० एमएम र १६ एमएमको पाईप, १९ घरलाई कम्पोष्ट मल प्रदान गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!