संगालोखबर सम्वाददाता

मोरङ । मोरङको बेलबारीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । बेलबारी–७ का ५६ बर्षीय अम्बिका घिमिरेले उनकी श्रीमती ४८ बर्षीय सीता घिमिरेको हत्या गरेका हुन् ।

Advertisement

शुक्रबार बेलुका अम्बिका मादक पदार्थ सेवन गरेर घर गएका थिए । घरमा राती श्रीमतीसँग सामान्य विवाद भएको थियो । त्यसपछि दुबै जना सुतेका थिए तर राती एक्कासी आवेसमा आई उनले काठको मुङ्ग्रोले निधाई रहेकी सीताको बाँया कन्चटमा चार/पाँच पटक प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय बेलबारीबाट टोली खटिएको थियो । हत्यामा संलग्न अम्बिकालाई घरबाट २ किलोमिटर दक्षिणस्थित गुवालीमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!