संगालोखबर सम्वाददाता

मोरङ । मोरङको बुढीगंगा गाउँपालिका–२ टंकिसिनवारीमा आज एटीएम तोडफोड गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको दुहवी नगरपालिका–९ का २४ बर्षीय मोहम्मद ईम्तियाज र २५ बर्षीय मोहम्मद अनिष हुसेन छन् ।

Advertisement

टंकिसिनवारीस्थित एनआइसी एसिया बैंकको एटीएम बुथमा बिहान पौने ३ बजे तोडफोड गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । बिभिन्न हाते औजारहरु प्रयोग गरेर उनीहरुले एटीएम तोडफोड गरिरहेका थिए ।

हाते औजारसहित पक्राउ परेका उनीहरुविरुद्ध चोरी उद्योग कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!