धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं १ स्थित बर्षा भैरबदेबी सहकारी संस्थाको अध्यक्षमा जयबहादुर बुढाथोकी चयन भएका छन् । मंगलबार सम्पन्न सहकारीको नवौं साधारणसभाले बुढाथोकीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
सहकारीको उपाध्यक्षमा खेमराज चापागाईं र कोषाध्यक्षमा तारा बानियाँ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा बिमला मग्रान्ति, फणिन्द्र आचार्य, पवित्रा खत्री र तर्कबहादुर पाण्डे चयन भएका छन् । साधारणसभाले दुर्गाबहादुर बुढाथोकीलाई व्यवस्थापकको जिम्मेवारी प्रदान गरेको छ ।
कार्यक्रममा पाख्रीवास–१ का वडाध्यक्ष हेम पाण्डेले गरीव जनताको हक हितमा सहकारीले काम गरेको भन्दै प्रशंसा गरे । त्यस्तै, स्थानीय समाजसेवी नगेन्द्र ओझा, नेकपा एमालेका मेघराज पाण्डे, नेपाली काँग्रेसका जगत धमला, नेकपा माओवादी केन्द्रका बिमला मग्रान्ती र जनता समाजवादीका नगेन्द्र थापाले नयाँ कार्यसमितिलाई सफलताको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा संस्थाको आय व्याय र भावी योजना प्रस्तुत गरिएको थियो । सो अवसरमा निवर्तमान अध्यक्ष तथा जग्गा दाता उमाकान्त गौतमलाई सम्मानसमेत गरिएको सहकारीका सदस्य सन्तोष बुढाथोकीले जानकारी दिए ।