संगालोखबर सम्वाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ४२९ जना कोरोना संक्रमित थपिएका छन् । १ मा आज १ हजार २९८ जनाको पीसीआर परीक्षण गर्दा २०४ महिला र २२५ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । सुनसरीमा १६०, मोरङमा १२२, झापामा ९७, धनकुटामा १७, इलाममा ८, उदयपुरमा ६, संखुवासभा, भोजपुर र खोटाङमा २/२, पाँचथर, ताप्लेजुङ र तेह्रथुममा १/१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार सुनसरीको धरानमा ७४, इटहरीमा ६३, रामधुनीमा ६, बराहक्षेत्रमा ४, दुहवी र गढीमा २/२, कोशी गाउँपालिका, हरिनगर, भोक्राहा र बर्जुमा १/१ र स्थानीय तह नखुलेका ५, मोरङको विराटनगरमा ७१, सुन्दरहरैचामा १०, बुढीगंगामा ८, उर्लाबारीमा ६, लेटाङ र केराबारीमा ५/५, मिक्लाजुङमा ४, पथरीशनिश्चरेमा ३, कटहरी र बेलबारीमा २/२, कानेपोखरी, रंगेली, रतुवामाई, धनपालथान, जहदा र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै झापाको विर्तामोडमा २९, दमकमा २०, भद्रपुरमा १३, अर्जुनधारामा ८, कनकाई र मेचीनगरमा ७/७, शिवसताक्षीमा ५, झापा गाउँपालिकामा ३, बाह्रदशीमा २, गौरीगञ्ज, हल्दिबारी र स्थानीय तह नखुलका १/१, धनकुटाको धनकुटा नगरपालिकामा ९, पाख्रीवास, महालक्ष्मी र स्थानीय तह नखुलेका २/२, साँगुरीगढी र शहिदभूमीमा १/१ जना संक्रमित भएका छन् ।

यता, इलामको इलाम नगरपालिकामा ५, माईजोगमाई, मांसेबुङ र चुलाचुलीमा १/१, उदयपुरको चौदण्डीगढी, त्रियुगा र कटारीमा २/२, संखुवासभाको चैनपुरमा २, भोजपुरको भोजपुर जगरपालिका र स्थानीय हत नखुलेका १/१, खोटाङको दिक्तेल रुपाकोटा मझुवागढी र स्थानीय तह नखुलेका १/१, पाँचथरको फिदिम, ताप्लेजुङको फुङलिङ र तेह्रथुमको म्याङलुङमा १/१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७१ हजार ३०१ पुगेको छ । यसैबीच आज ४६३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१३ महिला र २५० पुरुष छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ४७१ पुगेको छ भने सक्रिय संक्रमित ७ हजार ६१४ छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!