संगालोखबर सम्बाददाता

 

फायल तस्वीर

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ मा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय बेल्टारस्थित मदनचोकका–६५ बर्षीय गुमशेर राई छन् ।

Advertisement

शनिबार दिउँसो १२ बजे सोही स्थानमा रहेको द्दवार खोला तर्ने क्रममा बगाउँदा राई बेपत्ता भएका थिए । घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय बेल्टारबाट टोली खटिएको थियो । प्रहरीले खोजतालस गर्ने क्रममा बगाएको ठाउँबाट करिव २०० मिटर दक्षिणमा राईलाई मृत अवस्थामा फेला पारेको हो ।

शव पोष्टमार्टमको लागि स्वास्थ्य चौकी बेलटार पठाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!