संगालोखबर सम्वाददाता
फायल तस्वीर

पाँचथर । पाँचथरको फालेलुङ गाँउपालिका–३ माङलेबुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते छन् । बुधबार साँझ ५ बजे जस्तापाता र खाद्यान्न बोकेर माङलेवुङबाट मेमेङतर्फ जाँदै गरेको मे १ त ६५७७ नम्बरको ट्याक्टर सडकबाट करिव ३० मिटर तल झर्दा दुर्घटना भएको हो ।

दुर्घटनामा परी स्थानीय ५४ बर्षीया लक्ष्मी बिष्टको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालक स्थानीय ४० बर्षीय अक्कल बहादुर लिम्वु, ४६ बर्षीय कर्ण राई र सोही स्थानका ३० बर्षीय मन कुमार राई घाइते छन् । घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय मेमेङबाट टोली घटनास्थल गई घाइतेहरुको उद्धार गरेको छ ।

Advertisement

चालक लिम्बुलाई थप उपचारका लागि बिर्ता सिटी अस्पताल बिर्तामोड पठाईएको छ । अन्य घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगिएका थियो । उनीहरु भने उपचार पश्चात घर फर्केका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!