धनकुटाको मुलघाट नजिक स्वास्थ्य कार्यालय र सेनाको गाडी जुध्यो
धनकुटा । धनकुटा नगरपालिका–९ स्थित मुलघाट नजिक आज बिहान सवारी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बिहान करिव १० बजे हिलेबाट इटहरीतर्फ जाँदै गरेको नेपाली सेनाको दुई नम्बर बाहिनी अड्डा हिलेको प्र.३–३०१ ००१ ग ३७१९ नम्बरको गाडी र विपरित दिशाबाट आउँदै गरेको स्वास्थ्य कार्यालय धनकुटाको बा १ झ ७८१२ नम्बरको गाडी आपसमा जुधेका हुन् ।
आपसमा ठक्कर खाँदा सेनाको गाडी सडकबाट करिव ३० मिटर तल खसेको छ । दुर्घटन...


























