खोटाङमा छोराले गरे बुवाको हत्या

खोटाङमा छोराले गरे बुवाको हत्या

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा आज बिहान छोराले आफ्नै बुवाको हत्या गरेका छन् । स्थानीय २८ बर्षीय सुवर्ण राईले ७२ बर्षीय बुबा चन्द्र बहादुरको हत्या गरेका हुन् । बिहान पौने ५ बजे सुवर्णले बुवाको गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरीले सुवर्णलाई सोही वडाको अल्छेढुंगाबाट पक्राउ गरेको छ । घटनाको विष...
प्रदेश १ मा थपिए २२७ कोरोना संक्रमित, ९५४ संक्रमणमुक्त

प्रदेश १ मा थपिए २२७ कोरोना संक्रमित, ९५४ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा २२७ जना कोरोना संक्रमित थपिएका छन् । १ मा आज ६६० जनाको पीसीआर परीक्षण गर्दा १०३ महिला र १२४ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । सुनसरीमा १०७, मोरङमा ७८, झापामा २८, धनकुटा र उदयपुरमा ३/३, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ७१, सुनसरीमा २७, रामधुनी र दुहवीमा ३/३...
पाख्रीवास ४ का वडाध्यक्ष निरौलालाई एमालेले गर्यो कारबाही, वडाध्यक्ष पद खारेजी प्रकृया थालिने

पाख्रीवास ४ का वडाध्यक्ष निरौलालाई एमालेले गर्यो कारबाही, वडाध्यक्ष पद खारेजी प्रकृया थालिने

धनकुटा । नेकपा एमालेको तर्फबाट पाख्रीवास नगरपालिका वडा नं.४ को वडाध्यक्षमा निर्वाचित सोवित निरौलालाई नगर सभा तोडफोडको बिषयलाई लिएर एमालेले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । एमाले पाख्रीवास नगर कमिटीले शनिवार पाख्रीवासमा पत्रकार सम्मेलन गरेर नगर कमिटी सदस्यसमेत रहेका वडाध्यक्ष निरौलालाई कारबाही गरिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा एमाले पाख्रीवास नगर कमिटी अध्यक्ष शान्तिराम गौत...
पाख्रीवासको नगरसभामा हुलदंगा र तोडफोड गर्नेलाई कारबाही माग

पाख्रीवासको नगरसभामा हुलदंगा र तोडफोड गर्नेलाई कारबाही माग

धनकुटा । पाख्रीवास नगरपालिकाले नगरसभामा हुलदंगा र तोडफोड गर्नेहरुलाई तत्काल कारबाही गर्न प्रशासनसँग माग गरेको छ । नगरपालिका कार्यालयमा शनिवार पत्रकार सम्मेलन गरेर हुलदंगा र तोडफोडमा संलग्नहरुलाई पक्राउ गरी तत्काल कारबाहीको दायरामा ल्याउँन र तोडफोडको क्षतिपूर्ति दिलाउँन माग गरिएको हो । लोकतान्त्रिक भन्ने दलहरुले नै नगर सभामा आक्रमण र तोडफोड गर्नु लोकतन्त्रमाथिको हमला र स्थानीय सरकार माथिको नाङ्ग...
ईटहरीमा भ्यानको ठक्करबाट पैदल यात्रीको मृत्यु

ईटहरीमा भ्यानको ठक्करबाट पैदल यात्रीको मृत्यु

सुनसरी । सुनसरीको ईटहरी–१२ खनारको सोमबारे चोकमा भ्यानको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ईटहरी–११ की ५६ बर्षीया गंगा ढकाल छन् । गएराती ९ बजे ईटहरीबाट दुहबीतर्फ जाँदै गरेको को.१० च. ५५७३ नम्बरको पिकअप भ्यानले ढकाललाई ठक्कर दिएको थियो । भ्यानको ठक्करबाट उनी गंभीर घाइते भएकी थिइन् । विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा राती पौने ११ बजे उनको मृत्यु भएको हो । ठक्कर दिने भ...
तेह्रथुमबाट भरुवा बन्दुकसहित तीन जना पक्राउ

तेह्रथुमबाट भरुवा बन्दुकसहित तीन जना पक्राउ

तेह्रथुम । तेह्रथुमको लालिगुँरास नगरपालिका–१ भुल्केबाट तीन वटा भरुवा बन्दुकसहित तीन पक्राउ परेका छन् । पर्नेमा स्थानीय ३५ बर्षीय मनोज गुरुङ, ३४ बर्षीय प्रेम गुरुङ र ३६ बर्षीय राम बहादुर गुरुङ छन् । बन्दुक बोकेर हिडिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले फेला पारेको थियो । प्रहरीलाई देखेपछि भाग्न खोजेका उनीहरुलाई प्रहरी चौकी लसुनेको टोलीले पक्राउ गरेको हो । तीनै जनाका विषयमा ईलाका प्रहरी कार्यालय बस...
पाख्रीवासको नगरसभामा तोडफोड गर्ने चार दलको स्पष्टोक्ती: जनप्रतिनिधिकै कारण घटना भयो

पाख्रीवासको नगरसभामा तोडफोड गर्ने चार दलको स्पष्टोक्ती: जनप्रतिनिधिकै कारण घटना भयो

धनकुटा । पाख्रीवास नगरपालिकाको नगरसभामा बिहिबार हुलदंगा र तोडफोड गर्ने चार दलले जनप्रतिनिधिकै कारण घटना निम्तिएको आरोप लगाएका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव पक्ष र जनता समाजवादी पार्टीले शुक्रबार पाख्रीवासमा पत्रकार सम्मेलन गरेर हुलदंगा र तोडफोड घटना जनप्रतिनिधिकै कारण भएको आरोप लगाएका हुन् । शान्तिपूर्ण विरोधमा उत्रिएका वेला पाख्रीवास वडा नं.–३ का वडा सदस्य सर...
धनकुटामा बालिका बलात्कार आरोपमा युवा पक्राउ

धनकुटामा बालिका बलात्कार आरोपमा युवा पक्राउ

धनकुटा । १४ बर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा धनकुटाको साँगुरीगढी गाउँपालिकाका एक युवा पक्राउ परेका छन् । वालिका बलात्कार आरोपमा साँगुरीगढी–८ का २५ बर्षीय भिषण राईलाई प्रहरीले गत बुधबार पक्राउ गरेको हो । प्रहरीका अनुसार घटना गत जेठ २४ गतेको हो । पीडित पक्षले जेठ ३१ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । त्यसपछि फरार भएका राईलाई वुधबार गाउँबाटै पक्राउ गरिएको जिल्ला प्रहरी क...
प्रदेश १ मा थपिए ३५७ कोरोना संक्रमित, ९५३ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ३५७ कोरोना संक्रमित, ९५३ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३५७ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ४४ जनाको पीसीआर परीक्षण गर्दा १६२ महिला र १९५ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । झापामा १००, मोरङमा ९८, सुनसरीमा ८९, पाँचथरमा ३०, धनकुटामा १२, संखुवासभामा ७, तेह्रथुममा ४, इलाम र भोजपुरमा २/२, ताप्लेजुङ, खोटाङ र उदयपुरमा १/१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्...
पाख्रीवास घटनाको कानूनी र राजनीतिक प्रतिवाद गर्ने एमालेको चेतावनी

पाख्रीवास घटनाको कानूनी र राजनीतिक प्रतिवाद गर्ने एमालेको चेतावनी

धनकुटा । नेकपा एमाले धनकुटाले पाख्रीवास नगरपालिकाको नगरसभामा भएको हुलदंगा र तोडफोडको घटनालाई कानूनी र राजनीतिक हिसावले प्रतिवाद गर्ने चेतावनी दिएको छ । एमाले जिल्ला कमिटीले आज धनकुटामा पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा एमाले जिल्ला अध्यक्ष राजेन्द्र राईले काँग्रेस लगायत दलले गुण्डागर्दी शैलीमा हुलहुज्जतका साथ नगरसभा विथोल्ने, सभाहल तोडफोड गर्ने, कुर्सी टेवल भाँच्ने...
धनकुटामा घरबाटै चोरी भएको मोटरसाइकलसहित एक जना पक्राउ

धनकुटामा घरबाटै चोरी भएको मोटरसाइकलसहित एक जना पक्राउ

धनकुटा । धनकुटाबाट चोरी भएको मोटरसाइकल संखुवासभामा फेला पारेको छ । धनकुटा नगरपालिका–६ पात्ले खोलास्थित घरबाटै चोरी भएको सुजन सुवेदीको को ३२ प ३३२० नम्बरको मोटरसाइकल संखुवासभाको पाचखपन–६ सकुवामा फेला परेको हो । मोटरसाइकल फेला परेपछि प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पाचखपन नगरपालिका–६ का २१ बर्षीय किरण गदाललाई पक्राउ गरेको छ । पात्लेखोलास्थित सुवेदीको घरबाटै गत जेठ ८ गते राती मोटरसाइकल चोरी भएको ...
पाख्रीवासको नगरसभामा हुलदंगा र तोडफोड (भिडियोसहित)

पाख्रीवासको नगरसभामा हुलदंगा र तोडफोड (भिडियोसहित)

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकाको नगरसभामा हुलदंगा र तोडफोड भएको छ । बिहिबार आयोजित आठौं नगरसभामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल पक्ष र जनता समाजवादी पार्टी सम्बद्ध नेता कार्यकर्ताले नाराबाजी गर्दै कुर्सी र झ्यालको सिसा फुटाएका हुन् । वडागत बजेट सिलिङ्गमा विभेद गरिएको र राजनीतिक पूर्वाग्रहका आधारमा बजेट सिलिङ्ग तोकिएको भन्दै उनीहरुले नगर सभामा प्रवेश गरी ...
प्रदेश १ मा थपिए ३८३ कोरोना संक्रमित, ६१९ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ३८३ कोरोना संक्रमित, ६१९ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३८३ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार २८० जनाको पीसीआर परीक्षण गर्दा २०१ महिला र १८२ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । मोरङमा १२७, सुनसरीमा १२४, झापामा ८२, उदयपुरमा १८, धनकुटामा ७, इलाममा ४, पाँचथर, सोलुखुम्वु, संखुवासभा र भोजपुरमा २/२, खोटाङमा १ र प्रदेश १ बाहिरका १२ जनामा ससंक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुस...
प्रदेश १ मजदुर युनियनले सामाजिक विकास मन्त्रालयमा बुझायो ६ बुँदे मागपत्र

प्रदेश १ मजदुर युनियनले सामाजिक विकास मन्त्रालयमा बुझायो ६ बुँदे मागपत्र

विराटनगर । नेपाल बिजुली, पेन्टर, प्लम्वर तथा निर्माण मजदुर युनियन ( क्युपेक नेपाल) ले मजदुरलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । सामाजिक विकास मन्त्री उषाकला राईलाई क्युपेक नेपालले कोरोनाविरुद्धको खोपसहित ६ बुँदे माग पत्र बुझाएको हो । त्यस्तै निर्माण क्षेत्र लगायत अनौपचारिक क्षेत्रमा काम गर्ने सबै मजदुरको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा संलग्न हुने व्यवस्था गर्न पनि क्युपे...
खोटाङमा रुखबाट लड्दा एक जनाको मृत्यु

खोटाङमा रुखबाट लड्दा एक जनाको मृत्यु

खोटाङ । खोटाङमा रुखबाट लड्दा आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा हलेसी तुवाचुङ नगरपालिका–१० पामेका ४९ बर्षीय तुल बहादुर मगर छन् । घर नजिकै रहेको जंगलमा भलायको रुखमा राखेको खरको घाँस निकाल्ने क्रममा लड्दा उनको मृत्यु भएको हो । प्रहरी चौकी अर्खौले र ईलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी टोली घटनास्थल गएको छ ।
प्रदेश १ को आर्थिक विद्येयक सर्वसम्मतले पारित

प्रदेश १ को आर्थिक विद्येयक सर्वसम्मतले पारित

विराटनगर । प्रदेश १ सरकारको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विद्येयक २०७८ सर्वसम्मतले पारित भएको छ । प्रदेशसभा बजेट अधिवेशनको आज बसेको बैठकमा सो विद्येयक पारित गरेको हो । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ लिम्बुले प्रस्ताव स्वरुप प्रस्तुत गरेको सो विद्येयक आवश्यक छलफलपछि सर्वसम्मतले पारित भएको हो । संसदमा सत्तापक्षका सांसदहरुले हात उठाएर विद्येय...
प्रदेश १ मा थपिए ४२७ कोरोना संक्रमित, ७१३ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ४२७ कोरोना संक्रमित, ७१३ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ४२७ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ३४५ जनाको पीसीआर परीक्षण गर्दा २०९ महिला र २१८ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । सुनसरीमा १६१, मोरङमा १२४, झापामा १०९, उदयपुरमा १०, धनकुटामा ५, इलाममा ४, ताप्लेजुङमा ३, पाँचथरमा २, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इटहरी...
विराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–१५ भट्टाचौकमा आज करेन्ट लागेर एक भारतीय मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको जोगबनी हाजिमहला घर भई विराटनगर–१७ रानी बस्तीमा डेरा गरी बस्ने २५ बर्षीय तावारुल आलम छन् । भट्टाचौकमा निर्माणाधिन बजरङ्वली मन्दिरमा दिउँसो १ बजे रड बान्ने तार काट्ने क्रममा मेसिनबाट करेन्ट लाग्दा उनी गंभीर घाइते भएका थिए । न्यूरो अस्पतालमा उपचारका क्रममा दिउँसो साढे १ बजे उनक...
रंगेलीमा चट्याङ पर्दा एक जनाको मृत्यु, चार घाइते

रंगेलीमा चट्याङ पर्दा एक जनाको मृत्यु, चार घाइते

विराटनगर । मोरङको रंगेली नगरपालिका–६ मलङ्गथानमा चट्याङ पर्दा आज एक जनाको मृत्यु भएको छ । चार जना घाइते छन् । मृत्यु हुँनेमा स्थानीय २३ वर्षिय नितेश राय छन् । घर नजिकै पिठारीको रूखमुनि गफ गर्दै बसिरहेका बेला दिउँसो १ बजे चट्याङ पर्दा उनीहरु घाइते भएका थिए । रंगेली अस्पतालमा उपचारका क्रममा रायको मृत्यु भएको हो । १७ बर्षीय विजय मण्डल, २५ बर्षीया संगीता यादव, २६ बर्षीय रविन मण्डल र ५५ बर्षीय अशोक ...
धरानबाट प्रतिबन्धित औषधिसहित युवक पक्राउ

धरानबाट प्रतिबन्धित औषधिसहित युवक पक्राउ

धरान । सुनसरीको धरान उपमहानगरपालिका–११ सयपत्री चौकबाट प्रतिबन्धित औषधिसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २३ बर्षीय मुकेश कार्की छन् । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएका टोलीले गएराती उनलाई प्रतिबन्धित औषधि ओपोट्याव-२००० ट्याब्लेट, स्पास्मो-१२३० ट्याब्लेट र स्पास्मो फोक्सिबोन-२५० क्याप्सुलसहित पक्राउ गरेको हो । पक्राउ परेका कार्कीका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जना...
खाने तेलको गिलेनमा लागुऔषध, एक जना पक्राउ

खाने तेलको गिलेनमा लागुऔषध, एक जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१६ दक्षिण गेटबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको चक्रघट्टी–७ का ३२ बर्षीय राजकुमार मगर छन् । मंगलबार साँझ साढे ६ बजे लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले खाने तेलको गिलेनमा राखेको लागुऔषधसहित मगरलाई पक्राउ गरेको हो । उनले बोकेको झोलाभित्र खाने तेलको गिलेनमा एभिल ७७ एम्पुल, लुपिजेसिक ७५ एम्पुल, डाइजाल्याप ७५ एम्पुल र फेना...
पाँचथरमा लापरवाहीले जाँदै कोरोना संक्रमितको ज्यान

पाँचथरमा लापरवाहीले जाँदै कोरोना संक्रमितको ज्यान

पाँचथर । जिल्लाको कुम्मायक गाउँपालिका घर भई फिदिममा बस्दै आएका ४५ वर्षीय पुरुषले ज्वरो, रुघाखोकीलगायत स्वास्थ्य समस्या देखिएपछि गत जेठ ३ गते पाँचथर जिल्ला अस्पतालमा पीसीआर परीक्षणका लागि स्वाव दिए । स्वास्थ्य समस्याले सताइ रहेकै थियो र उनी अस्पताल गएनन् । पीसीआरको रिपोर्ट तीन दिन वित्दा पनि आएन । सिकिस्तै बिरामी परेपछि जेठ ६ गते दिउँसो उनलाई पाँचथर जिल्ला अस्पताल पुर्याइयो । कोभिड–१९सँग मिल्ने ...
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङ । मोरङको रंगेली नगरपालिका–७ रंगेली बजारमा आज टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा रतुवामाई–६ सौठाका ४२ बर्षीय तिलक राज खड्का छन् । बिहान करिव ९ बजे पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ३४९३ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको प्र १–०२–०४३ प ८०११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । टिपरको ठक्करबाट खड्का गंभीर घाइते भएका थिए । उपचारका लागि रंगेली अस्पताल पुर्याउने ...
लागुऔषधसहित पाँच जना पक्राउ

लागुऔषधसहित पाँच जना पक्राउ

मोरङ । मोरङको सुनवर्सी नगरपालिका–८ विश्वकर्मा चौकबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको ईटहरी–७ का ३५ बर्षीय सुजन भनिने ललित चौधरी, मोरङको कानेपोखरी–७ का २० बर्षीय महेश चौधरी र १९ बर्षीय भत्तेल भनिने समिर चौधरी छन् । सोमबार साँझ ७ बजे प्रहरी चौकी झपडतलबाट खटिएको टोलीले दक्षिणबाट तीन जना चढेर आउँदै गरेको प्र.न.१–०२–०४५ प ३९७३ नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गर्दा उनी...
प्रदेश १ मा थपिए ३६२ कोरोना संक्रमित, ६५७ संक्रणमुक्त

प्रदेश १ मा थपिए ३६२ कोरोना संक्रमित, ६५७ संक्रणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३६२ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार १६२ जनाको पीसीआर परीक्षण गर्दा १६७ महिला र १९५ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । झापामा ११९, सुनसरीमा ९३, मोरङमा ९२, पाँचथरमा १४, संखुवासभा र इलाममा ८/८, धनकुटामा ६, भोजपुर र उदयपुरमा ५/५, ताप्लेजुङ र तेह्रथुममा १ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका ...
पाँचथरमा पहिरोले किच्दा एक जनाको मृत्यु, एक घाइते

पाँचथरमा पहिरोले किच्दा एक जनाको मृत्यु, एक घाइते

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–२ लेखेवामा आज बिहान पहिरोसँगै झरेको ढुंगाले लाग्दा एक जनाको मृत्यु भएको छ । एक जना घाइते छन् । ढुंगाले लाग्दा स्थानीय ५८ बर्षीय टेकनाथ धौरालीको मृत्यु भएको हो । स्थानीय ५२ बर्षीय खड्क बहादुर राई घाइते भएका छन् । बिहान करिव सवा ७ बजे नुवाखोलाबाट निकालिएको पानीको कुलो बनाउने क्रममा पहिरोसँगै आएको ढुंगाले उनीहरुलाई लागेको हो । टाउको र शरीरमा ढुंगाले लाग्दा घटनास...
भोजपुरको पर्यटन पूर्वाधारमा लगानी बढ्दै

भोजपुरको पर्यटन पूर्वाधारमा लगानी बढ्दै

भोजपुर । दशवर्षे शसस्त्र द्वन्द चपेटामा परेको भोजपुर विकासतर्फ लम्कदै छ । मध्यपहाडी लोकमार्ग कच्ची हुँदै कालोपत्रे बनेको छ । जसले एकाएक समृद्धिको लहरहरु ल्यायो । संघिय संरचनाले अझै नयाँपन दिएको छ । गाउँगाउँसम्म सडक पुगेका छन् । विद्युत्तीकरणले गाउँबस्तीहरु अन्धकारमुक्त बनेका छन् । कृषि उपजहरु देशविदेश पुगेका छन् । आर्थिक श्रोतका प्रशस्त सम्भावनालाई उजागर गरेको छ । विकास र समृद्धितर्फ उन्मुख भोज...
संखुवासभामा शौचालय बनाउने क्रममा सेफ्टिट्याङ्कीमा खस्दा दुई जनाको मृत्यु

संखुवासभामा शौचालय बनाउने क्रममा सेफ्टिट्याङ्कीमा खस्दा दुई जनाको मृत्यु

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका-४ सेखामा शौचालय बनाउने क्रममा सेफ्टिट्याङ्कीमा खस्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय नरेश गुरुङको घरमा नयाँ शौचालय बनाउँदै गर्दा ढलानको सेटिङ खोल्ने क्रममा सेफ्टिट्याङ्कीमा खस्दा दुई जना मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा खाँदबारी–५ का ३७ बर्षीय ताराबीर गुरुङ र खाँदबारी-४ का २४ बर्षीय ईश्वर बहादुर राई छन् । आइतबार साँझ ६ बजे सेफ्टिट्याङ्कीमा खस्द...
विराटचौकमा दुर्घटना: धनकुटा कांग्रेसका सचिव थापासहित दुई जनाको मृत्यु, एक घाइते

विराटचौकमा दुर्घटना: धनकुटा कांग्रेसका सचिव थापासहित दुई जनाको मृत्यु, एक घाइते

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–९ स्थित विराटचौक नजिक आइतवार साँझ सवारी दुर्घटना हुँदा नेपाली कांग्रेस धनकुटाका सचिव कृष्णबहादुर थापासहित दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको टिपरले विपरित दिसावाट आउँदै गरेको को ३६ प ५९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दियो । सोही क्रममा पूर्वतर्फ जाँदै गरेको सचिव थापा सवार को २९ प ९५५० न...
धनकुटामा १५ बर्षीया छोरीले गरिन् आमाको काजकिरिया

धनकुटामा १५ बर्षीया छोरीले गरिन् आमाको काजकिरिया

धनकुटा । काजकिरिया गर्न छोरा नै चाहिन्छ भन्ने संस्कारलाई चुनौति दिदैं धनकुटाकी एक वालिकाले मृत्यु भएकी आफ्नी आमाको काजकिरिया गरेकी छन् । धनकुटा–७ जिरोपइन्टकी १५ बर्षीया नुप्पु श्रेष्ठले आमाको काजकिरिया गरेकी हुन् । पिसावको समस्याका कारण उनकी आमा शान्ताको ४२ बर्षको उमेरमा जेठ २८ गते मृत्यु भएको थियो । धनकुटा जिल्ला अस्पतालमा उपचार हुँन नसकेपछि थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पुर्याइ...
छथर जोरपाटीको ९ औं गाउँसभा: कृषि, शिक्षा, पर्यटन र पूर्वाधारलाई प्राथमिकता

छथर जोरपाटीको ९ औं गाउँसभा: कृषि, शिक्षा, पर्यटन र पूर्वाधारलाई प्राथमिकता

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को बजेट विनियोजनका लागि नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँपालिकाले आईतबार ९ औं गाउँसभाबाट ६३ वटा नीति तथा कार्यक्रम पारित गरेको हो । गाउँपालिकाको ‘शिक्षा, कृषि, पर्यटन र पूर्वाधार छथर जोरपाटीको समृद्धि’ भन्ने नारामा आधारित रहेर नीति तथा कार्यक्रम तयार गरेको छ । गाउँपालिकाले ‘आर्थिक बिकासका लागि छथर जोरपाटीको जन र मन गाउँ...
error: Content is protected !!