तास खेलिरहेको अवस्थामा सात जना पक्राउ
झापा । झापाको दमक नगरपालिका–६ फागुनन्द चौकस्थित परदेशी होटलको कोठामा तास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा होटल संचालक ५० बर्षीय पवन लिम्बु, दमक–१ का ३५ बर्षीय भक्तीश्वर देवान, दमक–२ का ४५ बर्षीय प्रमोद लिम्बु, दमक–९ का ३५ बर्षीय रमेश महतो, पाँचथरको फाल्ग...






























