संगालोखबर सम्वाददाता

मोरङ । मोरङको रंगेली नगरपालिका–१ बिशाल बजार चौकबाट लागुऔषध गाँजासहित टेम्पु चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–३ का २४ बर्षीय बुद्धराज राई छन् ।

Advertisement

गएराती ८ बजे ईलाका प्रहरी कार्यालय सखरदिनाबाट खटिएको टोलीले को १ ह ४८०२ नम्बरको टेम्पुमा चेकजाँच गर्दा १६ किलोग्राम गाँजा फेला पारेको हो ।

टेम्पुमा गाँजा भेटिएपछि चालक राईलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!