- संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

उदयपुर । उदयपुरमा बसको ढोकाबाट लडेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा मोरङको बरगाछीका ३० बर्षीय सिजन शर्मा छन् ।

बिहान करिव सवा पाँच बजे त्रियुगा नगरपालिका–६ चुरे जंगलस्थित कदमाह गाईघाट सडकखण्डमा गाईघाटबाट विराटनगरतर्फ जाँदै गरेको ना ६ ख ९२४६ न.को बसको ढोकाबाट लड्दा शर्मा घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा विहान पौने सात बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Advertisement

बस र बस चालक त्रियुगा–१२ का ३७ बर्षीय मोहमद उल्फतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!