- संगालोखबर सम्बाददाता

सुनसरी । कोसी ब्यारेजमा डुबेर शनिबार एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको दमक-६ का ४५ वर्षीय सुभाष नेपाल रहेका छन् ।

Advertisement

इलाका प्रहरी कार्यालय कोसी ब्यारेजका प्रहरी नायब उपरीक्षक प्रमोद यादवका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङमा अहेव पदमा कार्यरत नेपाल कोसी ब्यारेजको ५२ नम्बर ढोकामा फोटो खिच्ने क्रममा लडेका थिए ।

लडेर पानीमा डुबेका नेपाललाई सशस्त्र प्रहरी नम्बर १ बाहिनी पकली, सुनसरीको टोलीले उद्धारको प्रयास गरे पनि उनलाई बचाउन भने सकेन ।

नेपालको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!