- संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीमा एक व्यक्तिले जेल सजायबाट जोगिन आफ्नै मृत्युदर्ता गराएको खुलेको छ । इनरुवा–७ का अजित मियाँले कैद सजायबाट जोगिन आफ्नै मृत्युदर्ता गराएका हुन् ।

रामधुनी–५ का जैयसकुमार साहको घरमा २०६८ भदौ १७ गते भएको डकैती घटनामा अदालतले अजितसहित तीन जनालाई कसुरदार ठहर गरेको थियो । तीन मध्ये लुचाई शर्मा खत्वेलाई प्रहरीले पक्राउ गरे पनि अजितले मृत्युदर्ता प्रमाणपत्र बनाएका थिए ।

अजितले २०७५ मंसिर २७ गते मृत्युदर्ता प्रमाणपत्र बनाएका थिए । इनरुवा–७ बाट लिएको २०४६०२०१००८६४–२ नम्बर भएको मृत्युदर्ताको प्रमाणपत्रमा स्थानीय पञ्जाधिकारीको ठाउँमा गोपालप्रसाद खतिवडाले हस्ताक्षर गरेका छन् । सुनसरी जिल्ला अदालतले २०७५ असार ११ गते तीनै जनालाई जनही ६ वर्ष कैद र ९९ हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो ।

उनले आफूलाई अजिजका रूपमा चिनाउँदै अजित भाइ भएको बताउँदै आएका थिए । भाइको मृत्यु भइसकेको भन्दै आफूलाई जोगाउँदै आएका थिए । सजाय भुक्तान गरिसकेका शर्माले उनलाई अजित नै हो भनी सनाखत गरिदिएपछि मंसिर ६ गते उनलाई गाउँबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनामा संलग्न अर्का एक जना फरार छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!