- संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

उदयपुर । उदयपुरको बेलका नगरपालिका–५ जहडास्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० बर्षीया ईच्छा कुमारी राई छिन् ।

गएराती पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३४ प २०३७ नम्बरको मोटरसाइकलको ठक्करबाट राई गंभीर घाइते भएकी थिइन् । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको सप्तकोशी नगरपालिका–१ का ३५ बर्षीय आलोक राई घाइते भएका छन् । प्रतिष्ठानमा उनको उपचार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!