संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका–४ श्रमिक टोलबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको भरतपुर–१० घर भई ईटहरी बस्दै आएका ३० बर्षीय संजय लामा छन् ।

Advertisement

विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको टोलीले लामालाई पक्राउ गरेको हो । उनको कोठाबाट ९ ग्राम २० मिलीग्राम ब्राउन सुगर बरामद भएको छ ।

पक्राउ परेका लामाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!