- संगालोखबर सम्बाददाता

विराटनगर । चितवनमा मंगलबार सम्पन्न नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट बनेको केन्द्रिय कमिटीमा प्रदेश नं. १ का ४० जनाले स्थान पाएका छन् । एमाले केन्द्रिय कमिटीको पदाधिकारी तथा सदस्यमा प्रदेश १ का पूर्व माओवादीका ५ सहित ४० नेता समेटिएका हुन् ।

Advertisement

पुनः एमालेको अध्यक्षमा निर्वाचित भएका ओली पनि प्रदेश १ कै हुन् । झापा घर भएका ओली दोस्रो पटक एमाले अध्यक्ष बनेका हुन् । केन्द्रिय कमिटीको १९ सदस्यीय पदाधिकारीमा अध्यक्षसहित तीन जना परेका छन् । केन्द्रिय कमिटीको उपाध्यक्षमा इलामका सुवास नेम्वाङ र सचिवमा ताप्लेजुङ्गका योगेश भट्टराई बिजयी भएका छन् ।

केन्द्रिय कमिटीमा प्रदेश १ का भानुभक्त ढकाल, गुरु बराल, देवराज घिमिरे, लालबाबु पण्डित, जीवन घिमिरे, रविन कोइराला, राजेन्द्र गौतम, विनोद ढकाल, हिक्मत कुमार कार्की, शेरधन राई, यज्ञराज सुनवार, श्रीप्रसाद जबेगु, राम राना र रोमनाथ ओली निर्वाचित भएका छन् ।

त्यस्तै, राजेन्द्र राई, सकुन्तला बस्नेत, विनादेवी राई, डा.शिवमाया तुम्बाहाम्फे, भगवती चौधरी, सुनिता बराल, लक्ष्मी गौतम, अम्बिका थापा, गीता अधिकारी, आइन्द्रसुन्दर नेम्वाङ, यज्ञराज सुनवार, डम्बरसिंह सम्बाहाम्फे, तारा राई, जगदीश कुसियत, रामलाल साह, मोती दुगड र मञ्जु चौधरी पनि निर्वाचित भएका छन् ।

त्यसैगरी तिलकुमार मेन्याङ्बो, टंक आङ्बुहाङ, विनोद ढकाल, किशोर अधिकारी, बसन्त नेम्वाङ, मेनका काफ्ले, मञ्जु भण्डारी र उषाकला राई केन्द्रिय कमिटीमा परेका छन् । पूर्व माओवादीका टंक आङ्बुहाङ, बालकृष्ण ढुंगेल, पासाङ शेर्पा, श्रीप्रसाद जबेगु र पर्शुराम अधिकारी पनि एमाले केन्द्रिय कमिटी सदस्य बनेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!