- संगालोखबर सम्बाददाता

संखुवासभा । संखुवासभाबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचखपन नगरपालिका–५ खमारेका ५६ बर्षीय राम बहादुर राई छन् ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको टोलीले राईलाई पक्राउ गरेको हो । प्रहरीले राईको घरमा खानतलासि गर्दा गोठमा परालले छोपेर लुकाई राखेको अवस्थामा एउटा भरुवा बन्दुक फेला पारेको हो ।

पक्राउ परेका राईको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!