- संगालोखबर सम्बाददाता
फायल तस्बीर

झापा । झापाको कनकाई नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कन्काई–६ का ६० बर्षीय कबिराज बोहोरा छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ९ प ६५१९ नम्बरको मोटरसाइकललाई पछाडिबाट आउँदै गरेको मे १ ज १४०५ नम्बरको बोलेरोले ठक्कर दिएको थियो । बोलेरोको ठक्करबाट बोहोरा गंभीर घाइते भएका थिए । वी एण्ड सी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

दुर्घटनाबाट बोलेरोमा सवार ४ जना घाइते भएका छन् । बोलेरो र चालक ईलामको देउमाई नगरपालिका–१ का २७ बर्षीय निमेश गुरुङलाई ईलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!